Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सैनामैना नगरपालिकाले दियो सामुदायिक विद्यालयका १६० शिक्षकलाई ल्यापटप


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २, २०७८ सोमवार
  • 464
    SHARES

सैनामैना नगरपालिकाले दियो सामुदायिक विद्यालयका १६० शिक्षकलाई ल्यापटप

भैरहवा फागुन २

 

रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयमा १६० जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाको ‘एक शिक्षक, एक ल्यापटप’ भन्ने वार्षिक कार्यक्रम अन्तरगत सोमबार नगर प्रमुख चित्रबहादुर केसीले शिक्षकहरुलाई सोमबार ल्यापटप वितरण गरेका हुन् ।

प्रविधीमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता भन्ने नारासहित नगरको महत्वकांक्षी योजना अन्तरगत ल्यापटप वितरण गरिएको हो । नगरका १७ वटा सामुदायिक विद्यालयका शिक्षकले ल्यापटप प्राप्त गरेका हुन् । सो अवसरमा बोल्दै नगरप्रमुख कार्कीले लागत सहभागितामा विद्यालयका शिक्षकहरुलाई ल्यापटप प्रदान गरिएको बताए । उनले २५ प्रतिशत लागत सहभागितामा शिक्षकहरुलाई सो ल्याप्टप वितरण गरिएको जानकारी गराए । नगरको शैक्षिक विकास तथा प्रविधमैत्री शिक्षालाई जोड दिँदै ल्यापटप वितरण गरिएको उनले बताए ।

योग्यता र कार्यदक्षता भएका शिक्षकलाई विद्यालयले सिफारिस गरेको आधारमा प्रदान ल्यापटप वितरण गरिएको हो । नगरपालिकाको १ करोड २० लाख ९५ हजार ५२० रुपैयाँ लागतमा ल्यापटप वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले जानकारी गराए । नगरपालिकाको ७५ प्रतिशत लागत र शिक्षकहरुको २५ प्रतिशत लागतमा उक्त ल्यापटप वितरण गरिएको हो । प्रति ल्यापटप ७५ हजार ५ सय ९७ रुपैयाँ लागत रहेको छ ।

यस अघि पनि नगरपालिकाले अनुदानमा ल्यापटप वितरण गरेको सैनामैना नगरपालिका उपप्रमुख विना रानाले बताइन् । सैनामैनाका १७ विद्यालय पर्रोहा मावि, रामापुर मावि, पशुपति मावि, सैनामैना मावि, दुर्गा भवानी मावि, पश्चिम पर्रोहा मावि, सरस्वती मावि, मलमला मावि, कोटियादेवी मावि र जनकल्याण माविका शिक्षकलाई वितरण गरिएको नगर शिक्षा शाखा प्रमुख हेमराज अर्यालले जानकारी दिइन् । त्यस्तै जनज्योति आधारभूत विद्यालय, महेरवा आधारभूत विद्यालय, जनचेतना मावि,राष्ट्रिय मावि, कालिका मावि लगायतलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार