Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

पर्यटन व्यवसायीका समस्या समाधानका लागि संघले पहल गर्ने


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २, २०७८ सोमवार
  • 960
    SHARES

पर्यटन व्यवसायीका समस्या समाधानका लागि संघले पहल गर्ने


भैरहवा फागुन २

विद्यमान समयमा पर्यटन व्यवसायीहरुले भोगिरहेका समस्याहरुको समाधानका लागि सिद्धार्थ उद्योग वाणिज्य संघले पहल गर्ने जनाएको छ ।

सोमबार संघ अन्तर्गतको  पर्यटन प्रवद्र्धन उप समितिका संयोजक तथा कार्यसमिति सदस्य संजय बजिमयको अध्यक्षतामा सम्पन्न भएको बैठकले विभिन्न असहज परिस्थतिमा व्यवसायीले भोग्नु परेका समस्या र यिनको समाधानका विषयमा छलफल गरेको थियो ।

बैठकमा सहभागी उप समितिका सदस्यहरुले विद्यमानमा पर्यटन उद्योगीहरुले भोग्नु परेका समस्या , सहुलियत पुर्नकर्जा आगामी दुई बर्ष सम्म पाउनु पर्ने, बैंक ब्याजमा तथा सांवा भुक्तानीमा समय सिमा थप हुनुपर्ने  लगायतका विषयहरु उठान गरेका थिए ।

उनीहरुले कोरोनाले पारेको प्रभावका कारण सहज रुपमा व्यवसाय गर्न अप्ठ्यारो भएको बिषयहरु समाधान गरिनुपर्ने विचारहरु प्रकट गरे ।   छलफलको क्रममा पर्यटनको विकासको लागि छिटो भन्दा भन्दा गौतमबुद्ध अन्तराष्ट्रिय विमान स्थलको संचालन हुनुपर्ने साथै सयम क्रम अनुसार आन्तरीक तर्फको पार्किङ्ग परिसर र प्रस्थान कक्षहरु विस्तार गरिनु पर्ने बिषयमा व्यवसायीहरुले सम्बन्धित पक्षको ध्यानार्कषण गराए ।

कार्यक्रमका प्रमुख अतिथि संघका निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपानेले संघले निरन्तररुपमा पर्यटन उद्योगको समस्या समाधानमा पहल गरिरहेको बताउनु भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा,  प्रदेश उपाध्यक्ष दिपक पौडेलले पर्यटन उद्योगीहरुको समस्या समाधानको लागि प्रदेश उद्योग वाणिज्य संघ तयार रहेको बताउनु भयो । बैठकको  समापन गर्दै संयोजक संजय बजिमले छलफलमा उठेका बिषयवस्तुहरु समाधानको लागि सम्बन्धित निकायहरुमा संघले पहल गर्ने  विचार सहित उपस्थित सबैमा धन्यवाद सहित बैठकको समापन गर्नुभएको थियो । महासचिव विजय पाण्डेले सहजिकरण गर्नु भएको बैठकमा सिद्धार्थ होटल एशोसियनका पदाधिकारीहरु, संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ लगायत कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार