Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

दाङको जुत्ता-पसलमा आगलागी: मृत्यु हुनेकाे पहिचान खुल्याे


  • लुम्बिनी चिन्तन
  • माघ २८, २०७८ शुक्रवार
  • 544
    SHARES

दाङको जुत्ता-पसलमा आगलागी: मृत्यु हुनेकाे पहिचान खुल्याे

भैरहवा माघ २८,

दाङको एक जुत्तापसलमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ। 

तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता-चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर आगो लाग्दा ५ जनाको निसास्सिएर ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा ४ बालबालिका छन्।

मृत्यु हुनेमा करिब ५-६ वर्षका अबिददिन अली, करिब १३-१४ वर्षीया सजिता खातुन, करिब १४-१५ वर्षीय हसन बकस, करिब १५-१६ वर्षीय मसिन बकस र करिब ४०-४२ वर्षीय नजरदिन अली छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिएको हो।

बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।


लुम्बिनी चिन्तन

थप समाचार