Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सामुहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा भैरहवामा भलिवल प्रतियोगिता सम्पन्न ।


  • लुम्बिनी चिन्तन
  • माघ २६, २०७८ बुधवार
  • 892
    SHARES

सामुहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा भैरहवामा भलिवल प्रतियोगिता सम्पन्न ।


भैरहवा माघ २६
सामुहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा भैरहवामा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । भैरहवास्थित नेपाल नालन्दा आवासीय माविको खेल मैदानमा सम्पन्न प्रतियोगीतामा छात्रा तर्फ १० टिम सहभागी रहेका थिए भने छात्र तर्फ १२ टिमको सहभागीता रहेको थियो ।

aa.jpg
प्रतियोगितामा छात्रा तर्फ मनकामना ईङ्गलिस स्कुल प्रथम भएको थियो भने सञ्जीवनी ईङ्गलिस बोर्डिङ्ग स्कुल द्धितीय र आर्दश विद्यामन्दिर तृतीय भएका थिए । त्यसैगरी छात्र तर्फ युनिक होम्स बोर्डिङ्ग स्कुल प्रथम , युनिभर्षल बोर्डिङ्ग स्कुल द्धितीय र लुम्बिनी शिक्षा निकेतन स्कुल तृतीय भएका थिए । यस्तै छात्रातर्फ मनकामना स्कुलका सेलिना घताने उत्कृष्ट खेलाडि घोषित भएकी छन् । वेष्ट रेजर आदर्श विद्या मन्दिरका अनुष्का शाही, वेष्ट डिफेन्डर मनकामना कै ममता कुमारी बानिया, वेष्ट स्पाईकर सञ्जीवनी स्कुलका विनिता वस्याल, वेष्ट सर्भर सञ्जीवनी कै साक्षी नेपाली घोषित भएका छन् । छात्रतर्फ वेष्ट प्लेयर युनिक होम्सका देव नारायण, वेष्ट रेजर युनिभर्षलका मदन थापा, वेष्ट डिफेन्स फ्युचर लाईटका चन्द्रदीप नाउ, वेष्ट सटर लुम्बिनी शिक्षा निकेतनका फराद अहमद, वेष्ट ब्लकर युनिक होम्सका सुमित यादव घोषित भएका छन् ।
प्रतियोगीता सामुहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष मनोज कुमार यादवको अध्यक्षता , प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लाल हरि पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । युवराज पोख्रेलको संयोजन तथा सचिव चन्द्र प्रकाश न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा परिवारका पुर्ब अध्यक्षहरु राजकुमार गुरुङ्ग, गोकुल पोख्रेल, महेश भुर्तेल, जिवन बस्नेत लगायतले  शुभकामना मन्तब्य राखेका थिए । 

 


लुम्बिनी चिन्तन

थप समाचार