Logo
२०८३, कार्तिक ९ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ९ गते

आयोगले माग्यो स्थानीय तह निर्वाचनका लागि भौतिक सामग्रीको विवरण


  • लुम्बिनी चिन्तन
  • माघ २४, २०७८ सोमवार
  • 304
    SHARES

आयोगले माग्यो स्थानीय तह निर्वाचनका लागि भौतिक सामग्रीको विवरण

भैरहवा माघ २४,
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आवश्यक भौतिक सामग्रीको विवरण माग गरेको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गरेर आवश्यक भवन परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनबारेको विवरण उपलब्ध गराउन आग्रह गरेको हो। आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरी स्थानीय तहसँग विवरण माग गरेको जानकारी दिएको छ।
आयोगले संविधानको धारा २४७  अनुसार आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउने व्यवस्थाअनुसार विवरण माग गरिएको जनाएको छ।
निर्वाचन आयोग ऐनमा आयोगले निर्वाचनको काम सञ्चालन गर्नका लागि सरकारको स्वामित्वमा रहेका संस्था वा स्थानीय तह, सार्वजनिक संस्था, सामुदायिक वा निजी विद्यालयको जग्गा भवन वा अन्य जुनसुकै भौतिक साधन पूर्वसूचना दिई आवश्यकताअनुसार प्राप्त गरी प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आयोगले माघ मसान्तभित्र एकीकृत विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ। आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा एक थान चालू अवस्थाको डेस्कटप कम्प्युटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध गराउन, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको सार्वजनिक संस्था वा सामुदायिक विद्यालयको स्वामित्वमा रहेका कम्तीमा ३ वटा भवनहरूको विवरण  र भवनको भाडा लाग्ने अवस्थामा अनुमानित मासिक भाडा रकमको विवरण उपलब्ध गराउन माग गरेको छ।

 


लुम्बिनी चिन्तन

थप समाचार