Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थ रङ्गशालाको स्तरोन्नतीका लागी प्रदेश सरकारको चासो


  • लुम्बिनी चिन्तन
  • माघ १७, २०७८ सोमवार
  • 424
    SHARES

सिद्धार्थ रङ्गशालाको स्तरोन्नतीका लागी प्रदेश सरकारको चासो

 

भैरहवा माघ १७

सिद्धार्थ रङ्गशालाको स्तर उन्नतीका लागी प्रदेश सरकारले चासो देखाएको छ । सोमबार लुम्बिनी प्रदेशका खेलकुद मन्त्री वसिउद्दिन खाँनले रङ्गशालाको अवलोकन गर्दै स्तर उन्नतीका लागी प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

संघीय सरकारबाट बनिरहेको रंगशाला निर्माणका लागी प्रदेश सरकारले थप बजेट विनियोजन गर्न नमिल्ने बताउंदै मन्त्री खांनले प्रदेश सरकारले मैदान मर्मत र व्यवस्थापनका लागी आवश्यक सामाग्री सहयोग गर्न सक्ने बताए । प्रदेश सरकारमा यस अगावै बजेट बनिसकेको बताउंदै उनले कुनै बजेटलाई समायोजन गरेर भए पनि रंगशालाको निर्माणका लागी सहयोग गर्ने प्रतिबद्धता जनाए ।

ra 3.jpg

रङ्गशालालार्ई स्तरोन्नती गरी अन्तर्राष्ट्रियस्तरको बनाउन धेरै पहिले देखी शुरु भएपनि प्रयाप्त बजेट अभाव हुंदा रङ्गशाला निर्माणले गति लिन सकेको छैन । आवश्यकता भन्दा निकै कम बजेट मैदान स्तरोन्नतीका लागि आउने गरेको कारण निर्माण प्रकृयामा ढिलाई हुने गरेको रुपन्देही क्रिकेट संघले जनाएको छ । उपत्यका बाहिर राम्रो सम्भावना बोकेको सिद्धार्थ रङ्गगशाला भए पनि संघीय सरकारबाट प्रयाप्त बजेट नआउंदा निर्माण प्रकृयामा ढिलाई हुने गरेको  नेपाल क्रिकेट संघका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले बताए ।

संघीय सरकारले बजेट विनियोजन गर्ने र माथिबाटनै टेण्डर प्रकृयामा जाने भएकाले रङ्गशाला निर्माणका लागी संघीय सरकारकै भर पर्नु पर्ने बाध्यता रहेको उनले बताए । आर्थिक अभावकै कारण रंगशाला निर्माण हुन नसकेको संघका सल्लाहकार प्रेम सेन्चुरीले बताए । नीजि क्षेत्र लगायतबाट क्रिकेट खेलको विकासका लागी धेरै सहयोग भए पनि सरकारी निकायबाट सहयोग हुन नसकेको सेन्चुरीले बताए ।

केन्द्र सरकारलले भौतीक पुर्बाधार बाहेक अन्य क्षेत्रमा बजेट उपलब्ध नगराउंदा खेलको विकास हुन नसकेको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरी बहादुर थापाले बताए । प्रदेश सरकारबाट क्रिकेट खेलका लागी आवश्यक सामाग्रीहरुको व्यवस्थापन भएमा रुपन्देहीमा क्रिकेट खेललाई थप व्यवस्थित गरी अगाडी बढाउनका लागी सहयोग पुग्ने बताए ।

सिद्धार्थ रङ्गशालामा नियमित खेल संचालनका लागी ५० लाख रुपैया बराबारको सामाग्री आवश्यक पर्ने संघका सचिव संजय गुरुङ्गले बताए । मैदानका लागी आवश्यक घांस काट्ने मेसिन, जमिन सम्याउने मेसिन , क्रिकेट एकेडमी संचालनका लागी आवश्यक समानहरु करीब ५० लाख बराबरको बजेट आवश्यक रहेको उनले बताए ।

क्रिकेट मैदान स्तरोन्नतीका लागी दश बर्षको अवधिमा हाल सम्म करीब १० करोड रुपैया बजेट खर्च भैसकेको छ । २०६८ सालदेखि सुरु भएको खेल मैदान निर्माणको काम हाल सम्म आउंदा प्याभेलियन भवन , मैदान सम्याउने काम , मैदान बाहिर तारजाली लगाउने काम ,ढल व्यवस्थापन, पिच निर्माण , भवन अगाडि टायल बिछ्याउने काम , गार्ड रुम, स्टोर निर्माणको काम भएको छ भने शौचालयसहितको तिन तल्ले भीआईपी प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषदले सिद्धार्थ रङ्गशालालाई अन्तराष्ट्रिय क्रिकेट खेल्न मिल्ने गरि ७ हजार दर्शक अटाउने प्याराफिट सहितको डिपिआर बनाएर निर्माण सुरु गरेको हो । डिपिआर अनुसार रंगशाला निर्माणका लागी करीब ३८ करोड रुपैया लाग्ने छ । एक दशकको अवधिमा हाल सम्म रंगशाला निर्माण १५ प्रतिशत सकिएको छ ।  

 


लुम्बिनी चिन्तन

थप समाचार