भैरहवा माघ १५
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले फागुन ९ गते अगाबै गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थलमा क्यालिब्रसन प्लाईट हुने बताएका छन् । उनले बुद्ध जयन्ती अगाबै गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल बाट ठुला जहाज संचालन हुने दाबी गरे ।
शनिबार बिमानस्थलको अवलोकन गर्दै उनले अबको बुद्ध जयन्तीमा आउने पाहुना ठुला जहाजमा चढेर आउने छन् पर्यटनमन्त्री आलेले भने । फागुन ८ गते अगाबै बिमानस्थमा क्यालीब्रेसन प्लाईट हुने बताए । फागुन ९ गते भन्दा अगाडी नै क्यालिब्रेशन फ्लाईट हुन सक्छ, त्यो भन्दा पछाडी कुनै पनि हालतमा जान्न मन्त्री आले ले भने । क्यालिब्रेशन फ्लाईट लगतै नेपाल एयरलाईन्सको ठूलो बिमानबाट बिमानस्थलको परीक्षण गरिने छ । त्यसपछि ४२ देखी ५६ दिनमा बिमानस्थलमा नियमित उडानहरु गरिने मन्त्री आलेले बताए ।
क्यालिब्रेशन फ्लाईट अगाडी ग्राउण्ड चेक, भिजिलिटि चेक लगायतको काम हुदै गरेको एरो थाईका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले बताए । अहिले प्राविधिकहरु बिमानस्थलमा ग्राउण्ड चेकको काम गरि रहेको र ४÷५ दिनमा काम सकिए लगतै मौसम हेरेर क्यालीब्रेसन प्लाईटका लागी जहाज नेपाल ल्याउने उनले बताए ।
शनिबार भैरहवामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सहित सार्वजनिक लेखा समितिका संयोजक भरत कुमार शाह, प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवसहित प्राधिकरणका उच्च अधिकारीहरुले बिमानस्थलको निरिक्षण गरेका थिए ।