भैरहवा । श्रीकृष्ण नेत्रालय भैरहवाले आम्दा अस्पताल बुटवलमा आंखा उपचार सेवा सुरु गरेको छ ।
नेत्रालय र अस्पताल बिच बालबालीका तथा महिलालाई लक्षीत गरि बिषेश आंखा उपचार सेवा संञ्चालन गर्ने संम्झौता भए संगै सेवा सुरु भएको श्रीकृष्ण नेत्रालय प्रालीका ब्यावस्थापक आमोद शिंहले जानकारी दिए । श्रीकृष्ण नेत्रालयको प्राबिधीक सहयोग रहने गरि सेवाको सुरुवात भएको आम्दा अस्पतालका ब्यावस्थापक धुर्ब श्रेष्ठले जानकारी दिए ।
सेवा सुरु भए संगै अब आंखाका बिरामीहरुले हरेक दिन ओपिडिको समयमा बुटवलमै आंखाको उपचार सेवा पाउने श्रेष्ठले बताए ।
गुणस्तरीय आखा उपचारको लागी नेपाल तथा भारतमा प्रसिद भैरहवाको श्रीकृष्ण नेत्रालय प्रा.ली. संग संम्झौता गरि सेवा सुचारु गरेको उनले बताए । बिहिबार एक कार्यक्रमका बिच आम्दा अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन डाः राजेन्द्र बश्यालले आखा जाच गराई आखा उपचार शाखाको उदघाटन गरेका थिए ।