Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०


  • लुम्बिनी चिन्तन
  • माघ १२, २०७८ बुधवार
  • 804
    SHARES

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

भैरहवा माघ १२

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०  पुगेको छ ।  जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ को तुलनामा २६ लाख ९७ हजार ९७६ ले  मात्र बढी हो ।

राष्ट्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नजिताअनुसार १० वर्षमा नेपालको जनसंख्या १० दशमलव १८ प्रतिशतले बढेको देखिएको छ । विगत १० वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर शुन्य दशमलव ९३ प्रतिशत देखिएको छ ।

जबकी २०५८ देखि २०६८ सम्मको १० वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । अपेक्षा अनुसार जनसंख्या वृद्धिदर नहुँदा प्रक्षेपणभन्दा थोरै जनसंख्या देखिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख ९ हजार ८ सय ५८ ले बढी   

जनगणना अनुसार महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ पुगेकाे छ ।  यसअनुसार पछिल्लो १० वर्षमा महिलाको जनसंख्या १२ लाख ५५ हजार ७०६ जना र पुरुषको जनसंख्या १४ लाख ४२ हजार २७० जना थप भएको छ ।

यसअघि २०६८ सालमा महिलाको संख्या १ करोड ३६ लाख ४५ हजार ४६३ जना थियो भने पुरुषको १ करोड २८ लाख ४९ हजार ४१ जना रहेको थियो । महिलाको जनसंख्यामा ९ दशमलव २० प्रतिशत र पुरुषको जनसंख्यामा ११ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ । तर, अझै पनि पुरुषको तुलनामा महिलाको जनसंख्या ६ लाख ९ हजार ५ जनाले बढी छ ।


लुम्बिनी चिन्तन

थप समाचार