भैरहवा माघ ६,
जेसिआई सिदार्थ लेडि नेपालमा पनि उमेर बिवाद सुरु भएको छ । सिदार्थ जेसिजमा बिगदको केही बर्ष उमेर बिवाद भए पनि निकास निस्कीएको अवस्थामा लेडि जेसिजमा सुरु भएको हो ।
गत पौष १७ गते सुक्रबार २५ औ बार्षिक साधारण सभाका अवसरमा उमेर बिवादकै कारण नया नेतृत्व चयन हुन सकेन । बर्ष २०२१ अध्यक्षले बर्ष २०२२ को नया कार्यसमिती गठनका लागी निर्वाचन मण्डललाई जिम्मेवारी दिए पछि नया नेतृत्व चयनमा समस्या श्रृजना भएको थियो ।
उमेर हदका कारण पदाधिकारी चयनमा समस्या श्रृजना भए संगै निर्वाचन मण्डलले साधारण सभा स्थगित गरेको थियो । बर्ष २०२२ को अध्यक्ष पदमा बिवाद श्रृजना भएपछि साधारण सभा स्थगित भएको हो । त्यस समयमा बर्ष २२ को लागी अध्यक्ष पदमा ६ जनाको दाबी रहेको थियो ।
६ जना मध्ये तिन जना ४० बर्ष उमेर माथीका र ३ जना ४० बर्ष उमेर कमका उमेदवारले अध्यक्ष पदको दाबी गरेका थिए । जेसिजमा ४० बर्ष उमेर हद रहेको छ । ४० बर्ष कटेका तिन उमेदवार मध्ये एक जनाले संस्थालाई मिलाएर लैजान आग्रह गर्दै उमेदवारी फिर्ता लिनु भएको थियो । भने २ जनाले अध्यक्ष पदको दाबी छाड्नु भएको थिएन ।
४० बर्ष उमेर कम भएका तिन जना मध्ये एक जनाले सबैलाई मिलाएर लैजान सुझाव दिदै आप्नौ उमेदवारी फिर्ता लिनु भएको थियो । अर्को एक जनाले ४० बर्ष कटेको उमेदवारलाई सर्मथन गर्दै उमेदवारी फिर्ता लिनु भएको थियो ।
अन्तमा ४० बर्ष कम उमेरको १ जना र ४० बर्ष उमेर माथीको २ जना गरि ३ जना अध्यक्ष पदमा दाबी गरेका थिए । अध्यक्ष पदको दाबेदार भए संगै निर्वाचन समितीले ४० बर्ष उमेर कम भएको उमेदवारलाई अध्यक्ष पदको योग्य रहेको भन्दै निर्वाचन समितीले निर्णय गरेको थियो । निर्वाचन समितीको यो निर्णयलाई गलत भन्दै माईनुट नियन्त्रणमा लिई निर्वाचन प्रकृयामा भएका उमेदवारीका फर्महरु च्यातेर बिवाद सुरु भएको थियो । बिवाद सुरु भएपछि स्थगित साधारण सभा बुधवार भएको थियो ।
बुधवार पनि ४० बर्षे उमेर हद कायम गर्दै बिधि र बिधान सम्मत अधिबेशन हुन नसके पछि तत्कालीन निर्वाचन अधिकृतले राजिनामा दिनु भएको थियो । निर्वाचन अधिकृतले राजिनामा दिएलगतै तत्कालीन अध्यक्ष रिमा न्यौपानेले अधिबेशन स्थगितको घोषणा गर्नु भएको थियो ।
पछि अन्य सदस्यले नया निर्वाचन समिती गठन गरि प्रकृती उप्रेतिलाई अध्यक्ष पदमा चयन गरेको छ ।