Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोना पुष्टि


  • लुम्बिनी चिन्तन
  • माघ ५, २०७८ बुधवार
  • 382
    SHARES

परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोना पुष्टि

भैरहवा माघ ५,

पछिल्लो २४ घण्टामा परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीर कुमार अधिकारीले कुल पीसीआर परीक्षण भएकामध्ये देशभरको औसत संक्रमण दर ५२.६ प्रतिशत रहेको बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् । जुन हालसम्मकै उच्च भएको उनले बताए । 

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण पनि हालसम्मकै धेरै पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।  अधिकारीका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

जसमा उपत्यकामा भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका छन् । यस्तै बितेको २४ घण्टामा ४ जनाले कोरोनाबाट ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको छ।  हाल होम आइसोलेशनमा ४६ हजार ५१५ र बाँकी संस्थागत आइसोलेनमा संक्रमितहरु रहेका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार