Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बुटवलमा सेनाको डिपार्टमेन्टल स्टोर्स 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २०, २०७७ बिहिवार
  • 740
    SHARES

बुटवलमा सेनाको डिपार्टमेन्टल स्टोर्स 

बुटवल । नेपाली सेनाले बुटवलको योगिकुटीमा सुपथ मूल्य क्याण्टिन सहितको डिपार्टमेन्टल स्टोर्स (सुपर मार्केट) सञ्चालनमा ल्याएको छ । 

बिहिबार मध्य पश्चिम पृतनाका महा सेनानी मछिन्द्र थापाले क्याण्टिनको उद्घाटन गरेका हुन् । सैनिक कल्याणकारी कोषद्धारा क्याण्टिन सञ्चालनमा ल्याइएको हो । 
क्याण्टिनमा खाद्य पदार्थ, तेलहन, तयारी खाद्य परिकार, पेय पदार्थ लगायत बिक्रिकालागि राखिएको छ । सुपर मार्केटहरुमा जस्तै मानिसहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य बस्तुहरु क्याण्टिनमा उपलब्ध छ । खाद्य, पेय पदार्थ, लत्ता कपडा र घरेलु उत्पादनहरू अन्य बजारमा भन्दा सस्तोमा पाइने मध्य पश्चिम पृतना कार्यालयले जनाएको छ ।

army ko shopping centre0.jpg नाफा भन्दा सेवाको भावले सुपर मार्केट सञ्चालनमा ल्याएको कार्यालयको दाबी छ । बहालवाला, भूपु तथा सेनाका आश्रित परिवार र आम नागरिकलाई लक्षित गरि क्याण्टिन सञ्चालनमा ल्याएको जनाएको छ । सामान खरिद बिक्रिमा मध्य पश्चिम पृतनाका जवानहरु खटिने छन् । 
बिक्रिका लागि राखिएका मालसामानको मुनासिब मोल रहेकाले लक्षित वर्गलाई क्याण्टिनबाट बढी लाभ हुनेछ । नेपाल आर्मीको योगुकुटीमा रहेको करिब दुई कठ्ठा जमिनमा सुपथ मूल्य क्याण्टिन सञ्चालन भएको हो ।   
 


लुम्बिनी चिन्तन

थप समाचार