भैरहवा पौष २६,
अर्बन स्माईल डेन्टर क्लिनिक नारायणपथमा हरेक शनिबार निशुल्क दांत परिक्षण हुने भएको छ । दांतमा देखीन थालेको बढ्दो समस्यालाई मध्यनजर गर्दै हरेक शनिबार संस्थागत रुपमा कुनैपनि संस्थामा आबद्ध सदस्यहरुको दांत निशुल्क रुपमा परिक्षण गर्ने अर्बन स्माईलका प्रबन्ध निर्देशक डा जुही अग्रवालले बताउनु भयो । यो सेवाबाट लाभ लिन बिभिन्न संघ संस्थाका पदाधिकारीहरुले समन्वय गरि क्लिनिजमा समुहगत रुपमा शनिबारको दिन आउन सक्ने जनाईएको छ ।
बिषेश गरि ४० देखी ६० बर्ष उमेर समुह र बालबालीकाहरुमा दांतको समस्या हुने भएकाले बिशेषज्ञ डक्टरहरुबाट सेवा प्रदान गर्ने गरि अर्बन स्माईलले सेवा सुरु गरेको अग्रवालले बताउनु भयो । क्लिनिकमा दांतको एक्सरे , दांत सफा गर्ने , पोलिस गर्ने , दांतमा रंग भर्ने, दांत सेतो बनाउने,दांतमा गहना लगाउने,दांतमा क्राउन र पुल , रुट केनल बिधिको उपचार, दन्त प्रत्यारोपण, अर्थोडेन्टिक उपचार, दांतको बिच भागको फिलिड.,सुन्निएको गिंजाको उपचार, गिजाको पिप फाल्ने, बालबालिकाको दन्त उपचार, बुद्धि बंगराको उपचार एवं फाल्ने लगायतका सेवाहरु प्रदान गरिएको अग्रवालले बताउनु भयो ।
क्लिनिकमा बिशिष्टीकृत सेवाका लागी एमडिएस डक्टरहरुले पनि सेवा दिने जनाईएको छ ।
दांतको सुरक्षालाईनै मध्यनजर गरि बढी भन्दा बढी सर्बसाधारणलाई गुणस्तिरिय दन्त सेवा प्रवाह गर्ने लक्ष्यका साथ अर्बन स्माईल डेन्टल क्लिनिक सुरु गरिएको जनाईएको छ ।