Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

भोलिदेखि लागू हुने गरी कम्तीमा दुई हप्ता विद्यालय बन्द गर्न निर्देशन


  • लुम्बिनी चिन्तन
  • पौष २५, २०७८ आइतवार
  • 280
    SHARES

भोलिदेखि लागू हुने गरी कम्तीमा दुई हप्ता विद्यालय  बन्द गर्न निर्देशन

भैरहवा पौष २५

कोरोना भाइरस संक्रमण बढेपछि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिएको छ। आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठकले सोमबारदेखि लागू हुने गरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो। 

हाल कतिपय विद्यालयमा परीक्षा चलिरहेकोले उक्त परीक्षा सकिएपछि अवस्था हेरेर सम्बन्धित स्थानीय तहलाई  विद्यालय बन्द गराउन निर्देशन दिइएको छ। कोरोना संक्रमणदर बढ्न थालेपछि छोटो समयको लागि विद्यालय बन्द गर्ने निर्णय भएको सिसिएमसिसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्। 

उनले कम्तीमा २ हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिइन्। उनका अनुसार यो नियम स्कुल तहमा मात्रै लागू हुनेछ। माथिल्लो तहका स्कुल क्याम्पस आवश्यकताका आधारमा निर्णय गर्न सक्नेछन्। भौतिक रूपमा विद्यालय बन्दको समयमा अनलाइन तथा प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ कार्य गर्न पनि बैठकले अनुरोध गरेको छ।


लुम्बिनी चिन्तन

थप समाचार