Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाको अध्यक्षमा सुमन शर्मा


  • लुम्बिनी चिन्तन
  • पौष १८, २०७८ आइतवार
  • 1.2K
    SHARES

नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाको अध्यक्षमा सुमन शर्मा

भैरहवा, १८ पुस ।

नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाको १६ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशन आइतबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले सुमन शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

कार्यसमितिको उपसभापतिमा देवी न्यौपाने, सचिवमा राकेश गुरुङ, कोषाध्यक्षमा माधव शर्मा, उपसचिवमा पंकज उदास र उप–कोषाध्यक्षमा ऋषिराम पाण्डेय रहेको निर्वाचन अधिकृत तथा रेडक्रस सोसाइटी रुपन्देही शाखाका उपसभापति दीपक क्षेत्री न्यौपानेले बताए । त्यस्तै सदस्यहरुमा यम बहादुर थापा (माइला), मन्जु शर्मा रेग्मी, मीनाक्षी क्षेत्री, श्याम गुरुङ र राजु खड्का रहेका छन् ।

साधारणसभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति प्रेमलाल उदासले रेडक्रस बेलहिया उपशाखाले गरेको काम प्रशसंनीय रहेको बताए । उनले आगामी दिनमा पनि रचनात्मक कार्यलाई निरन्तरता दिन आग्रह गरे । 

त्यस्तै विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रमेश मल्लले रेडक्रस बेलहिया उपशाखाको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका निवर्तमान केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ, रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष रुपमा हिराचन, बेलहिया उपशाखाका पूर्व सभापति विष्णु प्रसाद शर्मा, रुपन्देही शाखाका पूर्व उपसभापति, लायन्स क्लब अफ क्रियटिभ लुम्बिनी लेडीका अध्यक्ष मन्जु शर्मा रेग्मी, रेडक्रस सिद्धार्थ उपशाखाका सभापति संजीव शर्मा रेग्मी, दीपक क्षेत्री न्यौपानेले रेडक्रस सामाजिक कार्यमा जुटेको बताए ।

रेडक्रस बेलहिया उपशाखाका सभापति सुशिल गुरुङको अध्यक्षता, निवर्तमान सभापति देवराज न्यौपानेको स्वागत तथा सचिव राकेश गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार