भैरहवा, १७ पुस ।
लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले लुम्बिनी वरपरको वस्तीलाई समेटेर लुम्बिनीलाई सांस्कृतिक नगरको रुपमा विकास गरिने जसका लागि उनले स्थानीयको सहभागितामा योजना बनाएर आउन आग्रह गरे ।
अंग्रेजी नयां वर्ष २०२२ को पुर्वन्ध्यामा लुम्बिनीमा आयोजित लुम्बिनी सांस्कृतिक महोत्सव तथा आठौं लुम्बिनी खाना महोत्सवको शुक्रबार उद्घाटन गर्दै मन्त्री चौधरीले लुम्बिनीको विकास र स्थानीयको जीवनस्तर उकास्न ठोस योजना बनाएर आउन स्थानीय अगुवालाई आग्रह गर्दै उनले भने“ तपाईहरु योजना बनाउनुस् बजेटको व्यवस्थापन गर्ने काम प्रदेश सरकारको हुनेछ । अघि उनले भने बजेटकै अभावमा यहांका कुनै पनि योजना अधुरा रहने छैनन् । ”
कार्यक्रममा प्रदेश सरकार पर्यटन तथा शहरी विकास राज्यमन्त्री रिना नेपालले विकास लगायतका हरेक काममा समावेशिता, सहभागितालाई ख्याल गर्दै आम महिलाहरुलाई लुम्बिनीको पर्यटनसंग जोड्न आफ्नो पहल रहेको बताईन् । लुम्बिनीमा विश्वका बौद्धमार्गीहरुको गन्तव्य स्थल बनाउन प्रदेश सरकार तयार गरेको राज्यमन्त्री नेपालको भनाई छ ।
कार्यक्रममा आफ्ना भनाई राख्दै लुम्बिनी प्रदेशसभाका सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक फकु्रदिन खांनले लुम्बिनीको अबको नेपालीको मुख्य पेशा व्यवसायभ भनेकै पर्यटन हुने दावी गरे । लुमिबनीको समग्र विकास गरी यहांको पर्यटन व्यवसायको प्रवद्धन, स्थानीय युवाको रोगगारी लगायतमा आफ्नो ध्यान केन्द्रित रहेको सभासद खानको भनाई छ । लुमिबनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विश्वको शान्तिको मुहान भएको भन्दै यसको प्रचार प्रसार गरी बौद्धमार्गीको गन्तव्य स्थल र बुद्धिजमको रिसोर्च सेन्टरको रुपमा विकास हुदै गईरहेको बताए ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपाने, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठनका अध्यक्ष पिताम्बर न्यौपाने लगायतले महोत्सव सफलताको कामना गर्दै व्यवसायीका वास्तविक समस्या पहिचान गरी लगानी सुरक्षित गर्न सरकारसंग आग्रह गरे ।
कार्यक्रममा मुख्य आयोजक संस्था लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनीमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्न हरेक दिन नेपाली संस्कृति झल्किने मेला महोत्सव गर्ने वातावरण बनाउनु पर्ने धारणा राखे ।
लुम्बिनीको भविश्य सुन्दर रहेकोले मन फुकाएर लुम्बिनीमा वजेट दिन सरकारसंग आग्रह गरे । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीको अध्यक्षता, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिव महेशचन्द्र न्यौपानेको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन पत्रकार सम्झना शर्मा, लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य रमा अर्याल, निर्मला क्षेत्री, गाउ.पालिकाका अध्यक्षहरु, विभिन्न राजनीतिक दलका नगर अध्यक्ष,व्यवसयिक संघ संस्थाका प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।
लुम्बिनी होटल संघ नेपाल, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश, लुम्बिनी विकास कोष, पर्यटन डिभिजन कार्यालय भैरहवा, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, मायादेवी गाउंपालिका, उद्योग बाणिज्य संघ, होटल तथा रेष्टुरेण्ट व्यवासयी संघ बुटवल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही लगायतका संघसंस्थाको आयोजनामा सुरु भएको मेलामा शुक्रबार उल्लेख्य दर्शकको उपस्थिति रहेको लुम्बिनी होटल संघका निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए ।
महोत्सव शनिवार पनि संचालन भएको छ । महोत्सवमा नेपाली लोपोन्मुख लाखे नाच, थारु झुमरा, विरहा,डिजे लगायतबाट दर्शकलाई मनोरञ्जन प्रदान गरिने संघका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले जानकारी दिए । महोत्सवमा नेपाली,ईण्डियन, चाईनिच,थाई लगायतका नेपाली अर्गानिक परिकारका १ सय ३० स्टल रहेको महासचिव पुरुषोत्तम अर्यालले जानकारी दिए ।