भैरहवा पौष १६,
वेमौसमी वर्षाका कारण रुपन्देहीमा करीब ८ करोड मुल्य वरावरका काचो ईटा नष्ट भएको छ । बुधबार भएको वर्षाका कारण यस बर्ष पनि रुपन्देही जिल्लामा मात्रै करिब सवा ३ करोड कांचो इट्टा गलेर नष्ट हुदां व्यवसायी पीडामा परेका छन् । कांचो ईट्टाको बिमा नहुदा जिल्लाका ४७ बढी ईट्टा ब्यवसायी मर्कामा परेका हुन् । बिमाकै कारण ब्यवसायीहरु बर्षेनी करोडौको नोक्सान ब्यहोरि रहेका छन भने उपभोक्ता समेत चर्को मूल्य वृद्धिमा परि रहेका छन । इटा तयार गरी भटीमा पोल्न तयारी गरिएको अवस्थामा अचानक पाटी पर्दा करिब ३ करोड २५ लाख बढी कांचो ईट्टा गलेर नष्ट भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीको भनाई छ । संघका महासचिव अजय कुमार गुप्ताले जिल्ला भरिमा प्राप्त तथ्यांक अनुसार करिब सवा ३ करोड गोटा कांचो ईट्टा नष्ट भएको बताउनु भयो ।
जिल्लामा रहेको कुल ५० वटा उद्योग मध्ये सञ्चालनमा रहेका ४७ उद्योगमा कुल ३ करोड २५ लाख गोटा कांचो इट्टा गलेर नष्ट हुदां व्यवसायीले ८ करोड १२ लाख बढी रुपैयाँको नोक्सानी भएको दावी गरेका छन् । रुपन्देहीमा उत्पादन हुने इट्टा पाल्पा, गुल्मी, पोखरा, काठमाण्डौ लगायत विभिन्न स्थानमा जाने गर्दछ । बेमौसमीका कारण काचो इट्टा गलेर नष्ट हुदाँ उत्पादनमा कमी आउने र बजारमा पनि इट्टाको अभाव हुने देखिएको छ । चिसो मौषमको लागी प्रत्येक वर्ष मंसिर देखि र माघ देखी जेठ महिना सम्म गर्मी यामको लागी उद्योग संचालन हुने गर्दछ भने बाँकी महिना वर्षाका कारण इट्टा उद्योगहरु बन्द रहने गर्दछन् । यस वर्षको पहिलो लगानी मंसिरमा नै वर्षाले करोडौँ रुपैयाँ नोक्सानी हुदाँ व्यवसायीहरु मारमा परेका हुन । प्रत्येक वस्तुको विमा हुने गरेपनि सरकारको नीतिका कारण काँचो इट्टाको विमा नहुने हुदाँ वर्षेनी करोडौँ रुपैयाँको नोक्सानी बेहोरदै आएको नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका सदस्य रमेश खनालको भनाई छ । वर्षाका कारण करोडौँ इट्टा नष्ट भएकोले नयाँ इट्टा उत्पादनमा पनि करिब एक महिना थप समय लाग्ने ब्यवसायीको भनाई छ । ब्यवसायीहरुले आफ्नो तरिका अनुसार काँचो ईट्टा जोगाउन खोजे पनि त्यो लगानी जोगाउनको लागी प्रयाप्त हुन नसकेको उनिहरुको गुनासो रहेको छ । रुपन्देही ईट्टा उद्योग ब्यवसायी संघका सल्लाहकार समेत रहेको न्यू कामना ईट्टा उद्योगका सञ्चालक टंक अधिकारीले मौषमबारे पूर्वानुमान हुदा पनि ईट्टा जोगाउन नसक्ने बताउनु भयो । उहाले चिसो मौषममा ईट्टा सुक्न नै १२ दिन भन्दा बढी लाग्ने र त्यो राम्ररी नसुकेको ईट्टा भण्डारण गर्दा थप लागतको भारमा पर्ने अधिकारीको भनाई छ । ब्यवसायीहरुले काँचो ईट्टाको बिमा बारे प्रदेश सरकार र संघिय सरकारलाई पटक पटक आग्रह गरे पनि यस बारे कुनै ठोस निर्णय नभएकोले ब्यवसायी मारमा परिरहेको गुनासो गरेका छन् ।,,,,,,,,,,,