भैरहवा पुस १५
शुक्रबार र शनिबार लुम्बिनीमा हुन लागेको सांस्कृतिक तथा आठौ सडक खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । बुधवार बर्षातका कारण तयारी केही प्रभावित भए पनि बिहिबार मौषम सफा भए संगै तयारीलाई तिब्र पारिएको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले जानकारी दिनु भयो । अंग्रेजि नया बर्षका अवसरमा पर्यटकलाई आमन्त्रण गर्न लुम्बिनीका होटल ब्यावसायिहरुले लुम्बिनीमा सुक्रबार र शनिबार सांस्कृतिक तथा आठौ सडक खाना महोत्सवको आयोजना गरेका हुन । सन २०२२ को अवसर पारी लुम्बिनी होटल संघको आयोजनामा लुम्बिनीको महिलवारमा पुस १६ र १७ गते खाना महोत्सवको आयोजना गरिएको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले जानकारी दिनुभयो ।
नया बर्षका अवसरमा महोत्सव आयोजना हुने भए पनि यस पटक भने आन्तरिक तथा बाह्रय पर्यटकलाई दुई दिन सम्म लुम्बिनीमा बस्ने गरि निमन्त्रणा गरिएको संघका निर्बतमान अध्यक्ष मिथुन श्रेष्ठले बताउनु भयो । महोत्सवका अवसरमा लुम्बिनीको भ्रमण पनि हुने , कम खर्चमा परिवार सहित दुई दिन लुम्बिनीमा बिताउन सकिने गरि होटलहरुले सस्तो प्याकेज पनि ल्याएको श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमलाई थप परिस्कृत र सावधानी अपनाउदै महोत्सव तयारी अन्तीमचणमा पुगेको संघकामहासचिव पुरुषोत्तम अर्यालले बताउनु भयो । महोत्सवमा लुम्बिनीका होटलहरुको रुममा ५० देखि ६० प्रतिशत बढी छुटको साथै सुपथ मुल्यमा ब्रेकफास्ट, लन्च एवम डिनर पहुनाले पाउने छ्न । महोत्सवलाई ब्यवस्थित बनाउन छोटो दुरिका लागि निशुल्क यातायातको साधनको ब्यवस्था समेत गरिएको छ । भैरहवा, बुटवल, सैनामैना, गैडहवा, फायरलाइन, कपिलवस्तु लगायतका स्थानबाट लुम्बिनीका लागि यातायात सन्चालन हुने संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताउनु भयो । यस्तै महोत्सवमा नौमती, पन्चेबाजा, बिरहा, थारु झुमराका साथै आधुनिक पप÷डिजे गीत संगीतको पनि प्रस्तुती हुने उहाले बताउनु भयो ।
सडक खाना महोत्सवमा लुम्बिनी सांस्कृतिक नगरपालिकासंग जोडिएका अन्य गाउंपालिकाका स्थानीय उत्पादनको प्रवद्धनलाई विषेश जोड दिईने आयोजकले जनाएको छ । बौद्धकालिन परिकार देखी स्थानीय उत्पादन, थारु संस्कृतिसंग जोडिएका परिकारका साथै ईण्यिन,थाई,चाईनिज लगायतका खानाका स्टल रहने लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले जानकारी दिए ।
यस पटक महोत्सव २ दिन आयोजना गरि लुम्बिनीको पर्यटन प्रवर्द्नको प्रयास गरिएको छ । सुक्रबार अपराहन्न देखी सुरु हुने महोत्सव शनिबार पनि संचालन हुने छ । बिहिबार स्टेज बनाउने , बजार क्षेत्रलाई सरसफाई गर्ने , लाईटि¨ गर्ने लगायतका कामहरु भैरहेका छन् । महोत्सवमा ८० वटा स्टलमा बिभिन्न प्रकारका खानाका परिकारहरु रहने छन् ।