Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

परिवारका सदस्यहरुको उपस्थितिमा झुण्डिएको अवस्थामा भेटिएका एसएसपिको कोठा खोलीयो ।


  • लुम्बिनी चिन्तन
  • पौष ९, २०७८ शुक्रवार
  • 332
    SHARES

परिवारका सदस्यहरुको उपस्थितिमा झुण्डिएको अवस्थामा भेटिएका एसएसपिको कोठा खोलीयो ।

 

भैरहवा पौष ९,
झुण्डिएको अवस्थामा भेटिएका संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादवको कोठा प्रहरीले खोलेको छ । मृतकका बुवा शिव प्रसाद यादव र श्रीमती रुपम कुमारी यादवको उपस्तिमा कोठा खोलीएको प्रहरीले जनाएको छ ।  भैरहवामा स्थित शान्तीनगरमा रहेको कार्यालय भित्र क्वाटरमा उनी सुक्रबार बिहान करीब साढे दश बजेतिर मृत फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी रिश्री राम तिवारीले बताए । शुक्रबार बिहान १० बजे पछि बाहीर ननिस्किएका उनलाई आफ्नै सरकारी निवासभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । बिहान १० बजे सम्म डईभर र बडी गार्ड संग सम्र्पकमा रहेका उनि ११ बजे कोठामा मृत भेटिएका थिए । उनको कोठा सांझ ६ बजे पछि परिवारका सदस्यहरुको उपस्थितिमा खोलीएको थियो ।
उनको मृत्युको यकिन कारण भने खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । सानो प्वालबाट मात्रै उनी झुन्डिएको देखिएको थियो । प्रहरीले अपराहन्न आफन्त बोलाएर मात्रै ढोका खोलेका थिए । प्रहरीको उच्च तहको घटना भएकाले गृहमन्त्रालय या प्रहरी हेडक्वाटर बाट पनि स्वृकृती लिन पर्नेभएकाले ढिलाई भएको प्रहरीको भनाई छ । टेक्निकल टिम बाट अनुसन्धान सुरु गरिएको रुपन्देही प्रहरीले जनाएको छ । यादव २०४९ सालमा सेवा प्रवेश गरेका उनि ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते अवकाश पाउन लागेका थिए । नवलपरासी रामग्राम नगरपालीका ५ निवासी उनिका एक छोरा र श्रीमती छन् ।

 


लुम्बिनी चिन्तन

थप समाचार