भैरहवा, ९ पुस ।
स्व.कमलापति गंगादेवी पन्थ स्मृति प्रतिष्ठानको चौथो वार्षिकोत्सव सम्पन्न भएको छ ।
भैरहवामा शुक्रबार सम्पन्न कार्यक्रममा प्रतिष्ठानले यस क्षेत्रका जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै दुई समाजिक संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष तथा संरक्षक कलाधर पन्थको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउदीन खांको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खांले शिक्षा तथा सामाजिक क्षेत्रमा प्रतिष्ठानले गरेको योगदान प्रसंशनीय रहेको भन्दै आवश्यक परेको खण्डमा प्रदेश सरकार सहकार्य गर्न प्रतिवद्ध रहेको बताए । शिक्षाबाट कुनै बालबालिका बन्चित हुन नपरोस् भन्नेमा आफु सचेत रहेको मन्त्री खांको भनाई छ ।


विभिन्न सामाजिक कार्य गर्दै आईरहेको प्रतिष्ठानले आफ्नो वार्षिकउत्सवको अवसर पारेर मानव सेवा आश्रम बुटवलको निर्माणाधिन भवनका लागि ११ लाख रुपैंया सहयोग हस्तान्तरण गरेको छ । प्रमुख अतिथि मन्त्री खा तथा अध्यक्ष पन्थले उतm रकम बरावरको चेक आश्रमका महासचिव रुपा केशी, अभिभावक शेर बहादुर गौतम, आश्रमका लुम्बिनी प्रदेश संयोजक सरु ऋधिकारीलाई हस्तान्तरण गरेका हुन ।
यस्तै प्रतिष्ठानले तिलोत्तमा नगरपालिका ७ मंगलापुरमा निर्माण गरिने लुम्बिनी अपांग दृष्टीविहीन अनाथ आश्रमको भवन निर्माणका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैंया सहयोग प्रदान गरेको छ । सो रकम बरावरको चेक भवन निर्माण समतिका संयोजक अञ्जु आचार्य खनालले ग्रहण गर्दै बुटवल १५ उजेलापुरमा जिर्ण अवस्थामा रहेको भवन तिलोतमामा स्थानान्तरण गरिन थालेको जानकारी दिईन् । भवन निर्माणका लागि तिलोतमा नगरपालिकाले डेढ कठ्ठा जग्गा उपलब्ध गराएको छ ।
यस्तै प्रतिष्ठानले ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान समेत गरेको छ । सम्मानित हुने जेष्ठ नागरिकमा शिक्षा विद विएन शर्मा, भिम प्रसाद लामिछाने, संस्थाका पुर्व अध्यक्ष चुडामणि पन्थ, १०२ विर्षया रुपादेवी बन्जाडे, दान बहादुर क्षेत्री अधिकारी, धातानन्द पन्थ, जीवलाल पन्थ,शिवकला पन्थी, उदयराम पौडेल,मुसतार अहमद,सुन्दर थारु, ईजुमाया अधिकारी, शशिकला भट्टराई, लिला कुमारी गौतम, वीर बहादुर थापा,नारायण बहादुर सिंह,गंगाराम भट्टराई रहेक छन् ।
प्रतिष्ठानका सह अध्यक्ष भीमराज अधिकारीको स्वागत पत्रकार सम्
झना शर्माको संचालनमा सम्पन्न कार्यक्रममा महासचिव गोविन्दराज अधिकारीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष राजकुमार पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, मानव सेवा आश्रमका महासचिव रुपा केशी, ईश्वरीय ब्रह्माकुमारी विश्वद्यिालयका प्रमुख शान्ति दिदी, सम्मानितहरुको तर्फबाट भीम प्रसाद लामिछाने, बालकृष्ण भट्टराई लगायतले शुभकामना मन्तव्य व्यतm गरे । प्रतिष्ठानले दीर्घ रोगीहरुलाई उपचारमा सहयोग, विभिन्न शैक्षिक भवन निर्माणमा सहयोग लगायत सामाजिक काम गर्दै आईरहेको छ ।