भैरहवा, ६ पुस ।
भैरहवामा पुस १७गते शनिबार संगीतमय सुन्दर काण्ड पाठ भजनोत्सवहुने भएको छ । श्री बालाजीभक्तिमय परिवारको आयोजनामा भैरहवास्थित गल्लामण्डी (दयापथ)माउक्तकार्यक्रमहुने भएको हो ।
कार्यक्रमअन्तर्गत बिहान ९ बजेदेसख भव्यश्रृंगार, ९ः ३० बजेदेखि सुन्दर काण्ड पाठ, ११ बजेदेखि किर्तन (जागरण) र झांकीतथा बेलुकी ४ बजे आरतीतथा प्रसादवितरण हुने कार्यक्रम संयोजकपवनवर्नवालले बताए । कार्यक्रममाभजनगायक सन्नी सांवरिया, रवि रंजन, प्रमोद चंचलझाँकीग्रुपकाअनिल बजरंगी, संगीतकार इरफानहाशमीको प्रस्तुती रहने वर्नवालले जानकारी दिए ।
‘सुन्दर काण्ड, श्रृंगार, भजन र मनमोहकझाँकीको आनन्दप्राप्त गरेर जीवन सफलबनाउनआग्रह गर्छौं, ’उनले भने ।
मित्र राष्ट्र भारतको राजस्थान मेहन्दीपुरमाबालाजी सरकारको मन्दिर रहेको र धेरै भक्तजन रहेको कार्यक्रमआयोजक समितिका सचिवश्रीरामगुप्ताले बताए । उनले बुद्ध जन्मस्थललुम्बिनीको प्रवेशद्वार भैरहवामाकार्यक्रमहुनुपर्ने भन्ने निष्कर्षमापुगेर आयोजनागर्न लागिएको बताए । पुस १७गते धार्मिक–सांस्कृतिककार्यक्रमहुँदैछ, उनले भने । कार्यक्रमअन्तर्गत भण्डारा समेत गरेर भव्य रुपमा सम्पन्नगर्ने उनको भनाइ छ ।
यसैबीचकार्यक्रम सम्पन्नगर्न पवनबर्नवालको संयोजकत्वमाआयोजक समिति गठन गरिएको गरिएको छ । समितिको सह–संयोजकमाममताचौधरी, सचिवमाश्रीरामगुप्ता, सह–सचिवमाइस्तियाकअहमद, कोषाध्यक्षमा अमर कुमार झा र सह–कोषाध्यक्षमा पिन्टु बनिया रहेका छन् ।
त्यस्तै सदस्यमाकुमार के.सी., दुर्गा कान्दु, महेश गुप्ता, धिरज अग्रहरी, रबिन्द्र गुप्ता, मनोज कान्दु, दुर्गा प्रकाशगुप्ता, बच्चुलालधरिकार, गणेश गुप्ता, जयप्रकाशधवल, राजेन्द्र कान्दु, रोहित सहानी, सुनिलगुप्ता, कृष्ण प्रसादकान्दु, सुनिलशर्मा, राजकुमार कान्दु र उर्वसी गुप्ता रहेका छन् ।
त्यस्तै समितिको सल्लाहकारमा नरेन्द्र प्रसाद रौनियार, राजनशुक्ला, रविकान्तउपाध्याय, जगरनाथअग्रहरी, बेचन प्रसादगुप्ता, मदनलालकान्दु, प्रद्युमनमानश्रेष्ठ, सोहरत प्रसाद ठाकुर, वसीर अहमद, रविकुमार रौनियार, विष्णु प्रसादगुप्ता, आनन्द प्रसादगुप्ता र गौतम कुमार गुप्ता रहेका छन् ।