Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

उद्योग व्यापार संघ सिद्धार्थनगरको प्रथम भेला सम्पन्न, अध्यक्षमा राम प्रसाद भण्डारी ।


  • लुम्बिनी चिन्तन
  • पौष १, २०७८ बिहिवार
  • 616
    SHARES

उद्योग  व्यापार संघ सिद्धार्थनगरको प्रथम भेला सम्पन्न, अध्यक्षमा राम प्रसाद भण्डारी ।

 

भैरहवा, १ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघ सिद्धार्थनगर नगरस्तरीय प्रथम भेला बिहीबार भैरहवामा सम्पन्न भएको छ । उद्योग व्यवसाय संघ, रुपन्देहीको आयोजनामा भएको भेलाले राम प्रसाद भण्डारीको अध्यक्षतामा सिद्धार्थनगर तदर्थ समिति गठन गरेको छ ।जसको उपाध्यक्षमा कविराज नेपाल, सचिवमा विष्णु न्यौपाने, कोषाध्यक्षमा मिनिता थापा, तिन जना उपसचिवमा  लक्ष्मी अधिकारी, यादव प्रसाद आचार्य (वाई.पी.) र राज थापा, सह–कोषाध्यक्षमा माया खनाललाई चयन गरिएको छ ।

sangathan 111111.jpg

यस्तै समितिको सदस्यहरुमा कुल प्रसाद भण्डारी, बालुराम पाण्डे, नरेन्द्र खनाल, गुनाखर गौतम, शिवराज गौतम, विजया गिरी, मसीउल्ला पठान, राजकुमार कुवर, रवि पन्थ, अर्जुन बहादुर अधिकारी, खिम बहादुर कुवर, थानेश्वर खनाल, इन्द्रमणि अर्याल, टेकराज पाण्डे, पुर्णवासी गुप्ता, राधेश्याम गुप्ता, शिला शर्मा, सिता चैधरी, श्याम बराल, विष्णु मरासिनी, बम बहादुर कुवर, तुलसीराम इटानी, सुक बहादुर आले, राम प्रसाद भण्डारी रहेका छन् ।

yyyyyyy.jpg

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य दधिराम न्यौपानेले अहिले एमालेविरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरु लागिपरेको बताए । उनले एमाले र एमाले नेतृत्वको विरुद्धमा सबै शक्ति केन्द्रहरु एकजुट भए पनि अत्तालिएको बताए । नेता न्यौपानेले चितवनमा भएको एमालेको १० औं रामहाधिवेशनमा सोचे भन्दा बढी नागरिक सहभागि भएको बताए । उनले नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघको माध्यमबाट उद्योग व्यवसायको विकासमा लाग्नुपर्ने बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष माधव नेपालले महासंघ एमालेको महत्वपूूर्ण संगठन भएको बताए । उनले महासंघमा समेटन नसकिएका उद्योगी व्यवसायीलाई समेटनुपर्नेमा जोड दिए ।

एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले शेरबहादुर देउवा नेतृत्वको सरकारले दिनप्रतिदिन उद्योगी, व्यवसायीको विपक्षमा निर्णय गर्दैै आएको बताए । उनले अबको युग विकासको युग भएको बताए ।

एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए ।

प्रेस चौतारी नेपाल रुपन्देहीका सचिव सम्झना शर्माले मुलुकमा समृद्धि हासिल गर्न नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका केन्द्रीय सचिव तथा रुपन्देही जिल्ला अध्यक्ष बालाराम भट्टराईको अध्यक्षता, महासंघका केन्द्रीय सदस्य केशवराज ज्ञवालीको स्वागत तथा जिल्ला उपाध्यक्ष एवं एमाले सिद्धार्थनगरका सचिव नारायण प्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा महासंघका स्थायी कमिटी सदस्य तथा प्रदेश सचिव केशव पन्थी, एमाले सिद्धार्थनगर–६ का सचिव मदन पौडेल, रण बहादुर कुंवर लगायतले बोलेका थिए ।

 


लुम्बिनी चिन्तन

थप समाचार