तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा जारी सर्बोत्तम सिमेन्ट सुनिलढुङ्गाना स्मृतिकपको उपाधीका लागि आर. आर चिलिया र लुम्बिनी नव युवा क्लब भिड्दै छन । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जित सँगै चिलिया र लुम्बिनीले आज हुने फाइनलमा भेट पक्का गरेकाहुन ।
मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा तिलोत्तमा क्रिकेट एकेडमीलाई २९ रनले पछाडी पार्दै लुम्बिनीले फाइनलको यात्रा तय गरेको हो । लुम्बिनीले दिएको १ सय १२ रनको बिजय लक्ष्य पछ्याएको तिलोत्तमा ८२ रनमा समेटिए पछि लुम्बिनी बिजयी भएको छ ।
त्यस्तै मंगलबारै सम्पन्न दोस्रो खेलमा सैनामैना क्रिकेट क्लबलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै चिलिया बिजयी भयो । सैनामैनाले दिएको ७४ रनको झिनो लक्ष्य चिलियाले ७ ओभरमा ४ विकेट खर्चेर पुरा ग¥यो ।
प्रतियोगिताको फाइनल खेल आज बिहान १० बजे हुने आयोजकले जनााएका छन ।
प्रतियोगितामा विजेताटिमले १ लाख नगद पुरस्कार राशी सहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । यसैगरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५–५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दिम्याचले एक हजार रुपैयाँ पुरस्कार प्राप्तगर्ने छन् ।
स्वर्गीय ढुङ्गानाको नाममा स्थापनाहुने अक्षकोषको रकमबाट तिलोत्तमानगर भित्रका विद्यालय स्तरका २ जनाछात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए ।
सिद्धार्थ युवाक्लबको खेल मैदानचपरहट्टीमाजारि प्रतियोगिताको रुपन्देहीक्रिकेट संघकाअध्यक्षप्रशान्तबिक्रममल्लले आइतबार उद्धघाटनगर्नुभएको थियो ।