Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

जर्मनीले दियो कोरोनाविरुद्धको ४१ लाख ४२ हजार डोज खोप, पुस ४ गतेदेखि बालबालिकालाई लगाइने


  • लुम्बिनी चिन्तन
  • पौष १, २०७८ बिहिवार
  • 608
    SHARES

जर्मनीले  दियो कोरोनाविरुद्धको ४१ लाख ४२ हजार डोज खोप, पुस ४ गतेदेखि बालबालिकालाई लगाइने

जर्मनीले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ। कोभ्याक्स सुविधा अन्तर्गत ४१ लाख ४२ हजार २ सय ५० डोज खोप उपलब्ध गराएको हो। उपलब्ध गराएको खोपमध्ये २१ लाख ७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन र १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना खोप रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्राप्त खोप १२ वर्षदेखि माथिका र १८ वर्ष मुनिका बालबालिकालाई प्राथकिमताका साथ लगाइने छ। पुस ४ गतेदेखि देशभरका ६६ वटा जिल्लाबाट उक्त खोप लगाइने स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार पहिले लगाउन छुटेका बालबालिकालाई यो खोप लगाइने छ।


लुम्बिनी चिन्तन

थप समाचार