भैरहवा मंसिर २८
रेनल्ट कम्पनीको विभिन्न ब्राण्डका कारहरु बिक्रीबितरण गर्दै आएको भैरहवा अटो कम्पनीले आफ्नो सेवाग्राहीकालागि रेनल्ट कार्निभल सञ्चालनमा ल्याएको छ । शनिबारसम्म सन्चालनहुने कार उत्सवलाई रेनल्ट कार्निभलनामदिइएको छ । ५ दिनसम्मचल्ने उत्सवमा रेनल्ट कम्पनी को विभिन्न ब्राण्डका कार प्रयोग गर्दै आएका सेवाग्राहीलाई कार्निभलबारे जानकारी दिँदै निमन्त्रणा दिने, अन्यकम्पनीका कार चढ्नेहरुलाई समेत मेसेज मार्फत कार्यक्रमको बारेमा जानकारी दिइने, त्यसै गरी कार्यक्रममामुख्य रुपमा पुराना कार ल्याएर नयाँ कारसँग उचितमुल्यमा सट्टापट्टाहुनेछ ।

यो कार्निभल मंसिर २९ देखि पुस ४ गतेसम्म सञ्चालन हुनेछ । कार्निभल रेनोको भैरहवास्थित आधिकारिक शोरुमा भैरहवा अटो कम्पनीमा सञ्चालन हुने मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
रेनल्ट कम्पनीको कार साथै अन्यकम्पनीको चालू अवस्थाको कारहरु को समेत मूल्याङ्कन गरि रेनल्ट कम्पनीको कार उचितमूल्यमालिन सकिनेछ । कार्निभलमाविशेष नगद छुट, पुरानो कारको फ्रिचेक अप, फ्रिवास, समेत हुनेछ । फ्रिचेक अप र वास कार्निभलमा कार चढेर आउनेहरु सबैको हुने छ ।
भैरहवा अटो कम्पनीका प्रबन्ध निर्देशक हरि बहादुर थापाले कार्निभलमा रेनोको क्वीड तथा ट्राइबर मोडलसंग एक्सचेन्जको सुविधा उपलब्ध हुने बताए । उनले यो अफर अन्तर्गत रेनो क्वीड वा ट्राइबर एक्सचेञ्ज तथा खरिदमा स्पष्ट एक्सचेञ्ज र भ्यालुएसको सुविधा पनि रहेको बताए ।
‘रेनोको ग्राहकहरुले फ्रि चेकअप र कार वाश पनि गराउन सक्नेछन्, यो कार्निभलमा ग्राहकहरुले हरेक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्परहरु पाउनुको साथै विशेष नगद छुटको लाभ पनि उठाउन सक्नहुनेछ, ’थापाले भने ।
कार्निभलमा ग्राहकहरुको लागि फुड स्टल र रिफ्रेशमेन्टको पनि व्यवस्था गरिएको उनले बताए । अब पुराना गाडीहरु एक्सचेन्ज गरी क्वीड वा ट्राइबर चढ्न उनले आग्रह गरे । ‘कोभिड महामारीका कारण उत्पन्न परिस्थितिले कतिपय महानुभावले गाडी चढ्न सक्नुभएको छैन्, गाडी चढ्न सहजता होस् भन्ने उद्देश्यका साथ उहाँहरुलाई प्रोत्साहन गर्दै थप सुविधा दिन सकियोस् भन्ने उद्देश्यले पाँच दिनसम्म कार्यक्रम सञ्चालन गरिनेछ, ’उनले भने ।
कार्निभलको पहिलो दिनउल्लेखनीयउपस्थिति रहेको र कारको बारेमा रुचि धेरैले राखेको कार्यक्रमका संयोजकचन्द्रकान्त भट्टराईले बताए । कार्निभल रेनल्ट शोरुम अञ्चलपुरमा सुरु भएको हो । कार्यक्रम संयोजक चन्द्रकान्त भट्टराईको स्वागत तथा इभेन्ट नेपाल एण्ड एडर्भटाइजिंग प्रा.लि.का निर्देशक हिरामणि तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।