Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

चौथो खुला लनटेनिस उपाधि रितिक र प्रेरणालाई 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १९, २०७७ बुधवार
  • 1.3K
    SHARES

चौथो खुला लनटेनिस उपाधि रितिक र प्रेरणालाई 

बुटवल । रुपन्देहीको बुटवलमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक राना र प्रेरणा कोईरालाले जितिका छन । मंगलबार भएको रोमान्चक फाईनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै रितिक रानाले र महिला सिगलमा अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा जित निकाल्दै प्रेरणा कोइरालाले उपाधि जितेकी हुन । पाच दिनसम्म चलेको प्रतियोगिताको ३५ प्लस तर्फ कमल भण्डारीले संन्जय प्रकाश श्रेष्ठलाई ६–२, ६–० को सेटमा पराजित गर्दै उपाधि चुमे । बुटवलका श्रेष्ठ पहिलोपटक फाईनल पुगेका हुन । यसैगरि ४५ प्लसतर्फ चन्द्र शाहि (यु एण्ड मि) ले धर्म लामिछानेलाई ६–४,६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । यसैगरि ५५ प्लसतर्फ हिमाल शाहले मनोज राणालाई ६–७, ६–२, १०–२ को सेटमा जित निकाले । 

IMG_7171.JPG
एक समारोहका बिच नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री खनाल, नेपाल टेनिस संघका के उपाध्यक्ष राजु श्रेष्ठ, मन जयकार टेनिस एकेडेमीका अध्यक्ष मनोज राणा, प्रमुख प्रशिक्षक कृष्णराज घले, टिम नेपालका अजय विष्ट, कास्की टेनिस संघका उपाध्यक्ष लोक गुरुङ, रुपन्देही लनटेनिस संघका अध्यक्ष संजयप्रकाश श्रेष्ठ, उपाध्यक्ष अर्जुन गुरुङ, सचिव गोपाल ज्ञवालीले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । यसैबिच नेपालका टेनिस खेलमा महत्त्वपूर्ण योगदान दिएका लनटेनिसका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई नगद १८ हजारसहित दोसल्लाबाट सम्मान गरिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार