Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

टिप्परको ठक्करले चार गाइगोरु मरे 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १८, २०७७ मंगलवार
  • 456
    SHARES

भैरहवा । रुपन्देहीको लुम्बिनीमा टिप्परको ठक्करले ४ वटा गाई गोरु मरेका छन् । 
लुम्बिनी साँस्कृतिक नगरपालिका–१० महिलावार स्थित पर्सा पडेरिया सडक खण्डमा सोमबार राती भएको दुर्घटनामा ठक्करबाट ३ वटा गाइ र एउटा गोरु मरेको हो । सोमबार सवा १० बजे तिर 
सिद्धार्थनगर न.पा.३ दर्खसवा बस्ने वर्ष ४६ को प्रमोद कुमार धवलले चलाई लगेको ना. ३ ख.३२५१ न.को टिप्परले सडकमा रहेको छाडा गाई गोरु लाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए । 
टिप्परले २ वटा गाई घाइते भएका छन भने नजिकै रहेको विद्युतको पोललाई समेत ठक्कर दिएको छ । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार