Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भारतीय सेनाको हेलिकप्टर दुर्घटना : मृत्यु हुनेको संख्या १३


  • लुम्बिनी चिन्तन
  • मंसिर २२, २०७८ बुधवार
  • 400
    SHARES

भारतीय सेनाको हेलिकप्टर दुर्घटना : मृत्यु हुनेको संख्या १३

भारतको तलिमनाडुको कुन्नुरको जंगलमा भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।  सो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ।

दुर्घटनामा  मृत्यु हुनेको संख्या १३ पुगेको र जनरल रावतको स्थिति गम्भीर रहेको न्युज एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटनामा अधिकांश शवहरु जलेका छन् ।
 

रक्षामन्त्री राजनाथ सिंहले बुधबार घटनाबारे संसद्लाई जानकारी दिने सञ्चारमाध्यामहरुले जनाएका छन् । रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए ।  वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार