भैरहवा मंसिर २१,
गौतमबुद्धको जन्मस्थल लुम्बिनीको बाहिरी क्षेत्रलाई उज्यालो बनाउने उदेश्यले सडकमा विद्युत लाईट जडान कार्य सुरु भएको छ ।
लुम्बिनीको वरिपरि निर्माण भएको सडकको बिच भागमा बत्ती राखी लुम्बिनीको बाहिरी क्षेत्रलाई पनि उज्यालो बनाउने अभियान स्वरुप सडक बत्ती निर्माण सुरु गरिएको लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैतेयले जानकारी दिए । मंगलबार लुम्बिनीमा सडक बत्ती शिलन्यास कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी बिकास कोषको गुरुयोजनाले अब सार्थकता पाउने उपाध्यक्ष भिक्षु मैतेयले बताए ।
लुम्बिनी क्षेत्र वरपरको बिकास योजनाबद्ध तरीकाबाट अघि बढाउनु पर्ने उनले बताए । १० धुरमा घर होटल बनाउदै जाने हो भने लुम्बिनी अव्यवस्थित बन्ने बताउंदै अहिले देखि नै योजना बद्ध तरीकाबाट बस्ती बसाल्दै जानु पर्ने बताए ।
लुम्बिनी बिकास कोषले करीब २ करोड रुपैयाको लागतमा लुम्बिनी वरीपरि उज्यालो लुम्बिनीका लागी बत्ती जडान कार्य सुरु गरेको कोषका योजना अधिकृत सरोज भटट्राईले जानकारी । २ सय ५ वटा विद्युत पोलहरु मार्फत सडकलाई उज्यालो बनाउने कार्यकमा लुम्बिनी बिकास कोष लागेको भटट्राईले बताए ।
लुम्बिनी भित्र ५ सय विद्युत पोहरु मार्फत बत्तीहरु बालिएको बताउदै लुम्बिनी गुरुयोजना पुरा हुंदा लुम्बिनीमा १ हजार ८ सय विद्युत पोलहरु मार्फत लुम्बिनीलाई उज्यालो बनाउने उनले बताए । सडक वत्ती जडानले लुम्बिनीको सुन्दरतामा थप सहयोग पुगेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सांसद फकरुद्धीन खानले बताए ।

उज्यालो लुम्बिनीका लागी लुम्बिनी बिकाष कोषले गरेको कार्यको सरहना गर्दै उनले अब लुम्बिनी बिकास कोष र लुम्बिनी सांस्कृतीक नगरपालीका मिलेर लुम्बिनीको फोहर ब्यवस्थापनमा लाग्न आग्रह गर्दै प्रदेश सरकारको तर्फबाट आफुले गर्ने सहयोग सधै रहने प्रतिबद्धता जनाए । लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले लुम्बिनीको बिकास क्रमिकरुपमा बढेको बताउंदै लुम्बिनीको फोहोर ब्यवस्थापनमा लुम्बिनी होटल संघ तयार रहेको बताए ।
लुम्बिनीको फोहर ब्यवस्थापनका बिषयमा योजना बनाउन आग्रह गर्दै अध्यक्ष ज्ञवालीले त्यसप्रकारको योजना कार्यन्वयनका लागी होटल संग तयार रहेको बताए । कार्यक्रममा लुम्बिनी सांस्कृतीक नगरपालीकाका मेयर मनमोहन चौधरीले लुम्बिनीमा फोहरमैला ब्यवस्थापनका लागी बजेट रहेको बताउदै सबै मिलेर फोहर मैला ब्यवस्थापनमा लाग्नु पर्ने बताए । लुम्बिनी बिकास कोषले निर्माण सुरु गरेको सडक बत्तीको विद्युत महसुल लुम्बिनी सांस्कृतीक नगरपालीकाले भुक्तानी गर्ने सहमती अनुसार सडक बत्ती जडान कार्यको सुरुवात गरिएको मेयर चौधरीले बताए ।