Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

घरेलु महासंघमा नयां नेतृत्व चयन, अध्यक्षमा पुन पाठक


  • लुम्बिनी चिन्तन
  • कार्तिक ३०, २०७८ मंगलवार
  • 726
    SHARES

घरेलु महासंघमा नयां नेतृत्व चयन, अध्यक्षमा पुन पाठक

बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समिति अधिवेशनवाट नयां नेतृत्व निर्विरोध रुपमा चयन भएको छ । बुटवलमा भएको महासघको प्रदेश अघिवेशनबाट पुन नेत्र प्रसाद पाठकको अध्यक्षतामा नयां कार्यसमिति चयन भएको हाे ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको अध्यक्षता र महासंघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीको विशिष्ठ आतिथ्यतामा भएको अधिवेशनले सबै पदमा निर्विरोध नेतृत्व चयन गरेको छ ।

निर्वाचन समितिका संयोजक जिवनारायण अधिकारीका अनुशार प्रदेश समिति र प्रदेश महिला उद्यमी समिति सर्वसहमतीमा चयन भएको हो । जस अनुशार महासघको वरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद अधिकारी (रुपन्देही), उपाध्यक्षमा उमानाथ पोख्रेल ( नवलपरासी), महासचिवमा जयश्वर पौडेल (बांके) , कोषाध्यक्षमा लक्ष्मण बेल्वासे (कपिलवस्तु) रहेका छन् । त्यसगरि महासंघका प्रदेश कार्यसमितिको सदस्यहरुमा धनिश्वर गौतम (गुल्मी), डिल्लीराम बस्याल (पाल्पा), जित वहादुर महरा .(रोल्पा), दोणराज सुवेदी (कपिलवस्तु,) विनता पाेख्रेल (नवलपरासी),संजिव गहतराज (कपिलवस्तु),धनसिंह वली (वांकें),सतिस कुमार अधिकारी (बांके ) रहेका छन् ।

त्यसैगरि महिला उद्यमी समितिको अध्यक्षमा शान्ती शर्मा, बरिष्ठ उपाध्यक्षमा शर्मिला खत्री भण्डारी, उपाध्यक्षमा सावित्रा टण्डन, महासचिवमा पार्वती अधिकारी, कोषाध्यक्षमा मेनकला सिंह रहेका छन् ।

सदस्यहरुमा शान्ती पौडेल, अनिषा कृेसी, सुनीता राणा, हिरा घले, मुना पाण्डे रहेका छन् । नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई महासघका केन्द्रिय अध्यक्ष श्याम गिरीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

 


लुम्बिनी चिन्तन

थप समाचार