Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

स्याङ्जा सहयोग समाजको चौथो अधिवेशन


  • लुम्बिनी चिन्तन
  • कार्तिक ३०, २०७८ मंगलवार
  • 458
    SHARES

स्याङ्जा । स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको चौथो अधिवेशन तथा विश्व सम्मेलन वालिङमा हुने भएको छ। मंसिर १३ गते (नोभेम्बर २९ तारिक) उक्त अधिवेशन हुने भएको हो। विश्वका विभिन्न मुलुकमा छरिएर रहेका स्याङ्जाबासी दाजुभाइ दिदीबहिनीहरुको सामुहिक सामाजिक संस्थाको रुपमा परिभाषित यस संस्थाले गर्न गैरहेको अधिवेशनको तयारि तिब्र भएको आयोजकले बताएको छ।

‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मूल नाराका साथ वालीङमा हुन गैरहेको उक्त महाधिवेशनले २ वर्षे कार्यकालको समिक्षा र सक्रिय टिम निर्माणमा निम्ति देश तथा विदेशबाट प्रतिनिधिहरुको सहभागीता रहनेछ । प्रवासमा रहेर जन्मथलो स्याङ्जालाई माया गर्ने सबै नेपालीहरुको उपस्थिति रहने अध्यक्ष जिबन न्यौपानेले बताएका छन्।

संस्थाको सचिबालय बैठकले अधिबेशन तयारीबारे महत्वपूर्ण निर्णयहरु समेत गरेको छ । हाल २० वटाभन्दा बढि देशमा राष्ट्रिय समन्वय परिषदहरु रहेको यस संस्थाको अधिबेशनमा संस्थागत उपस्थितिको निम्ति ४० हजार रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। समाजका अध्यक्ष जीवन न्यौपानेको अध्यक्षतामा अधिबेशन मुल आयोजक समिती गठन गरिएको छ।

विधान मस्यौदा समितीमा भोला पौडेल, प्रचार प्रसारमा मुक्ती सुबेदी, हेमन्त रानाभाट र डोलराज डुम्रेलाई जिम्मेबारी दिईएको छ भने पत्राचारका लागि हरी लुइँटेल, हल व्यवस्थापनमा खगेन्द्र गैरे र धर्म पराजुली, अतिथी सत्कारमा माया केसी र थर्क सेन, प्राबिधिक संयोजनका लागि राजेश पाण्डेलाई जिम्मेबारी बाँडफाँड गरिएको  छ।

विशुध्द रुपमा सामाजिक काम गर्दै आइरहेको स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय कमिटिको समन्वयमा कोभिडको समयमा अक्सिजन तथा स्वास्थ्य सामाग्री वितरण, स्वास्थ्योपचारमा आर्थिक समस्यामा परेकाहरुको निम्ति आर्थिक सहयोग, बाढीपहिरो पिडित तथा विभिन्न घटनाहरुमा ५० लाख भन्दा बढिको सहयोग गरेको संस्थाका कोषाध्यक्ष खगेन्द्र गैह्रेले बताएका छन।


लुम्बिनी चिन्तन

थप समाचार