Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

उद्याेग व्यापार संगठन रुपन्देहीद्वारा वृक्षाराेपण


  • लुम्बिनी चिन्तन
  • कार्तिक २९, २०७८ सोमवार
  • 404
    SHARES

उद्याेग व्यापार संगठन रुपन्देहीद्वारा वृक्षाराेपण

भैरहवा। उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श) ले आइतबार भैरहवामा वृक्षारोपण कार्यक्रम गरेको छ ।  सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित आफ्नो कार्यालय भवन परिसरमा वृक्षारोपण गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

भवन परिसरमा विभिन्न प्रजातिका ५० वटा विरुवा रोपिएको कार्यक्रम संयोजक तथा  संगठनका कार्यसमिति सदस्य मिनिता थापा क्षेत्रीले बताइन् । संगठनका महासचिव सचिन रोक्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा पदाधिकारी, सचिवालय सदस्य, कार्यसमिति सदस्य, सल्लाहकार लगायतको उपस्थिति रहेको थियो ।

संगठनले व्यवसायीको हकहितसंगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको संस्थाका सचिव एवं प्रवक्ता लक्ष्मण भण्डारीले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार