Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नवलपरासीमा जारी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संगठन रुपन्देहीको दुई दिने बार्षिक कार्ययोजना गोष्ठी सम्पन्न


  • लुम्बिनी चिन्तन
  • कार्तिक २७, २०७८ शनिवार
  • 816
    SHARES

नवलपरासीमा जारी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संगठन रुपन्देहीको दुई दिने बार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

परासी । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संगठन रुपन्देहीको नवलपरासी अमलटारीमा जारी दुई दिने बार्षिक कार्ययोजना गोष्ठी शनिबार सम्पन्न भएको छ । संगठनले आगामी बर्षको लागी तयार गरेको ३३ बुँदे कार्ययोजना पारीत गर्दै गोष्ठी सम्पन्न भएको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले जानकारी दिनु भयो ।

बेलहीया नाका बाट नेपाल प्रबेश गर्ने पर्यटकहरु भारतीय गाईडको मात्र भर पर्दा पर्यटकहरुको नेपाल बसाई कम हुनुका साथै बुद्ध जन्मस्थल लुम्बिनी संगै तिलौराकोट , रामग्राम , देवदह , लगायतका स्थानहरुमा पर्यटकहरु नजाने भएकाले सिमा नाकामै नेपाली टुर गाईड राखी नेपाल भित्रको बुद्ध सर्किटको बारेमा जानकारी दिनका लागी डेस्क स्थापना गर्ने गोष्ठीले पारीत गरेको अध्यक्ष न्यौपानेले बताए ।

होटल ब्यावसायलाई मर्यादित बनाउनका लागी ब्यवसाय संचालन आचार संहिता लागु गर्ने , होटलको मेनु र कर्मचारीलाई परिचयपत्र अनिबार्य गर्ने भएको छ । आन्तरीक तथा बाह्य पर्यटक प्रर्बधन र पुर्नरउत्थानका लागी सरकारी तथा गैरसरकारी निकाय संग समन्वय गरि रात्रीकालीन ब्यवसाय संञ्चालनका लागी समन्वय गर्ने निर्णय भएको छ ।

collage (47).jpg

साना देखी ठुला सबै प्रकारका होटल तथा रेष्टुरेन्ट ब्यवसायलाई बर्गिकरण गरी सेवालाई प्रभावकारी बनाउनका लागी तारे होटल देखी सामान्य होटलहरुलाई बर्गिकरण गरी  ब्यवसायको स्तर उन्नती गर्ने देखी ब्यवसायीहरुको समस्यालाई सम्बोधन गर्ने सम्मका प्रस्तावहरु परीत भएका छन् । होटल तथा रेष्टुरेष्ट ब्यवसायलाई मार्यादित र स्वच्छ सफा राख्नका लागी खाद्ध शुद्धता सम्बन्धी प्रशिक्षण मुलक कार्यक्रम गर्ने , अव्यवस्थित बेलहीया नाका, ट्र्राफिक ब्यवस्थापन र ठेला ब्यवसायको ब्यवस्थापन गर्दै नगरको सुन्दरीकरण गर्नका लागी समिती गठन गरी कामलाई अगाडी बढाउने निर्णय गरेको छ । 

होटल ब्यवसायका लागी आबस्यक दक्ष जनशक्ती उत्पादन र बैदेशिक रोजगारीमा जाने प्रकृया रोक्न स्वदेशमै रोजगारीको अवसर श्रृजना गर्न कुक तथा वेटर हाउसकिपिड. तालीम संचालन गर्ने निर्णय भएको संगठनका अध्यक्ष न्यौपानेले बताउनु भयो ।

होटलमा हुने चोरी, हिंसा, संचालक र ग्राहकबिचको असमझदारीलाई समाधान गर्नका लागी तत्काल समस्यालाई समाधान गर्नका लागी समन्वय गर्ने , पर्यटकको बसाई लम्ब्याउनका लागी बुद्ध सर्किटको लागी टुर प्याकेजको कार्यक्रम ल्याउने, पर्यटकीय स्थलहरुको पहिचान दिने गरी वेभसाईट बनाउने , उज्यालो भैरहवा निमार्णका लागी बेलहीया देखी अंचलपुर सम्म र बुद्ध चोक देखी एयरर्पोट सम्म बिधुत पोलमा लाईटको व्यवस्थाका लागी पहल गर्ने निर्णय भएको छ । त्यसैगरी पोलिथिन मुक्त शहरको अवधारणा बिकासका लागी होटल बाटै सुरु गर्ने , सामाजिक उत्तरदायित्वका कामहरुलाई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय भएको संगठनका अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो ।

संगठनका अध्यक्ष पिताम्बर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष गणेश बेलवासे , उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष तथा संगठनका संस्थापक अनिल ज्ञवाली , पर्यटन ब्यवसयी तथा संगठनका सल्लाहकार सागर अधिकारी , मदिरा ब्यवसायी संघका अध्यक्ष केशव राज ज्ञवाली , संगठनका सल्लाहकार प्रख्यात बन्जाडे , पत्रकार दिपेश पछाई  लगायतले रुपन्देहीमा पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने बिषयहरुका बारेमा जानकारी दिनु भएको थियो । 

गोष्ठीमा आर्थिक प्रतिबेदन कोषाध्यक्ष नरेन्द्र खनालले प्रस्तुत गर्नु भएको थियो भने स्वागत बरिष्ठ उपाध्यक्ष राम प्रसाद पोख्रेलले र कार्यक्रम संचालन महासचिव राजेश महोत्राले गर्नु भएको थियो । कार्यक्रममा संगठनका पदाधिकारीहरु , सल्लाहकारहरु, कार्यसमिती सदस्यहरु लगायतको सहभागीता रहेको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार