Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कामना विकास बैंकद्वारा विद्यार्थीलाई व्याग वितरण


  • लुम्बिनी चिन्तन
  • कार्तिक २६, २०७८ शुक्रवार
  • 1.5K
    SHARES

कामना विकास बैंकद्वारा विद्यार्थीलाई व्याग वितरण

भैरहवा । कामना सेवा विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई व्याग वितरण गरेको छ । बैंकको १५ औँ वार्षिकउत्सवको उपलक्ष्यमा मैनहिया शाखाले व्याग वितरण गरेको हो ।

बैंकले गैडहवा–८, मैनहियामा अवस्थित जनता आधारभूत विद्यालयका विद्यार्थीलाई स्कुल व्याग वितरण गरेको हो । वित्तीय सेवासँगै शिक्षा क्षेत्रमा पनि अध्ययनरत विद्यार्थीहरुको सहजताका व्याग वितरण गरेको बैकले जानकारी दिएको छ । 

बैंकले स्थानीयसँगगको सहकार्यमा सामुदायिक विकास, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सरसफाई लगायत क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने छ,  कार्यक्रममा बैंकका शाखा प्रमुख, कर्मचारी, सहभागीता रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार