Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

७ घण्टापछि नियन्त्रणमा तिलोत्तमाकाे आगलागी


  • लुम्बिनी चिन्तन
  • कार्तिक २६, २०७८ शुक्रवार
  • 380
    SHARES

७ घण्टापछि नियन्त्रणमा तिलोत्तमाकाे आगलागी

भैरहवा । रुपन्देहीको तिलोत्तमास्थित कनौजे ट्रेडर्समा बिहीबार साँझ साढेँ ५ बजेदेखि लागेको आगो ७ घण्टापछि नियन्त्रणमा आएकाे छ ।  तिलोत्तमा नगरपालिका–१३ पथरडाँडामा रहेको उक्त ट्रेडर्समा आगलागी नियन्त्रणका लागि स्थानीय, सुरक्षाकर्मी र दमकलहरूकाे सहायतामा आगो नियन्त्रणमा आएकाे हाे ।   आगो मध्यराति १२ बजेपछि मात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीका कारण भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेपनि २ करोड बढी क्षति अनुमान गरिएको तिलोत्तमा–१३ का अध्यक्ष गणेश न्यौपानेले बताए । फर्निचरमा रहेका सबै काठ जलेर नष्ट भएको छ ।

आगो निभाउन बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र भलवारीमा रहेको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयको दमकल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।


लुम्बिनी चिन्तन

थप समाचार