Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सौर्यले केही मिनेटमै जोड्यो प्रदेश १ लाई लुम्बिनीसँग 

इतिहासमै पहिलो पटक भैरहवा–विराटनगर सिधा दैनिक उडान सुरु


  • कार्तिक २२, २०७८ सोमवार
  • 2.0K
    SHARES

सौर्यले केही मिनेटमै जोड्यो प्रदेश १ लाई लुम्बिनीसँग 

भैरहवा । सौर्य एयरलान्सले केही मिनेटमै प्रदेश १ लाई लुम्बिनी प्रदेशसँग जोडेको छ । एयरलाइन्सले नयाँ गनतव्यको रुपमा इतिहासमै पहिलो पटक भैरहवा–विराटनगर सिधा हवाई उडान सुरु गरेसँगै दुवै प्रदेश जोडिएका हुन । 

निजी क्षेत्रको हवाइ सेवा प्रदायक सौर्य एयरलाइन्सले सोमबार देखि लुम्बिनी प्रदेश र प्रदेश १ लाई जोड्न गरी दैनिक उडान सुरु गरेको हो ।  बुद्ध जन्मस्थल लुम्बिनी भैरहवा शहर र नेपालकै दोस्रो ठूलो शहरको रुपमा रहेको विराटनगरलाई जोड्ने र द्वय शहरको पर्यटन विकासको शहजीकरण गर्न दैनिक एक उडान राखेको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताउनु भयो ।

collage (32).jpg

अहिले हामीले सुरुवात गरेका छौ, यात्रुको माग बढे सोही अनुसार दैनिक २–३ वटा उडान संचालन गर्न सकिने छ अध्यक्ष पोखरेलले भन्नुभयो । ३ वटा जेट विमानबाट अहिले नेपालमा सेवा दिएपनि भारतिय कुवेर ग्रुपसँगको सहकार्यमा  तुरुन्तै ४ वटा एटीआर विमान थप गरी अन्य शहरसँग हवाई उडान जोड्ने  र नेपालकै पहिलो नम्बर एयरलाइन्स बन्ने उद्देश्य रहेको अध्यक्ष पोखरेलले बताउनु भयोे । 

८ वर्ष देखि सेवा दिदै आएको एयरलान्सले ५० सीट क्षमताको जेट विमानबाट दुवै औधोगिक तथा पर्यटकीय क्षेत्रलाई जोड्नका लागि दैनिक उडान सुरु भएको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताउनु भयो । 

collage (30).jpg

यात्रुहरुको मागलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश र प्रदेश १ का यात्रुको सहजता, बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदेश १सँग जोडेर पर्यटन प्रवद्र्धन गर्न र दुवै क्षेत्रको व्यवसायिक –औधोगिक क्षेत्रको प्रवद्र्धन गर्न एयरलाइन्सले सोमबारबाट उडान थप गरेको स्टेशन म्यानेजर यादवले बताउनु भयो । हाल सम्म कुनै पनि एयरलाइन्सले विराटनगरको लागि भैरहवाबाट सिधा उडान गरेको थिएन ।

आज थपिएको नयाँ गनतव्यसँगै सौर्य दैनिक उडानको संख्या १० पुगेको छ । एयरलाइन्सले अरु भन्दा सहुलियत, सुरक्षित र अन टाइम उडान गर्ने दाबीका साथ सीआरजे २०० जेट विमानबाट  काठमाण्डौ हुदै २ हवाई यात्रा गरी विराटनगर पुग्ने यात्रुलाई सहज बनाएको छ । 

collage (31).jpg

कम्पनीले अब काठमाण्डौबाट विराटनगर, भद्रपुर, भैरहवा र धनगढीको दैनिक उडानसँगै भैरहवा विराटनगरको दैनिक उडान नियमित गर्नेछ ।
सौर्यले ६ हजारमा दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उड्ने र विराटनगरबाट साझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केने छ ।
गौतमबुद्ध विमानस्थलमा एयरलाइन्स भैरहवा शाखाले उडान अघि पूजापाठ गरी सेवा सुचारु गरेको छ ।

पहिलो उडानमा ६० प्रतिशत भन्दा बढि यात्रु विराटनगर गएका थिए भने सोही अनुपातमा यात्रुहरु भैरहवा आएका छन । 

collage (29).jpg


थप समाचार