भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीहरुमा क्युआरकोडबाट भुक्तानी सेवाको सुरुवात भएको छ । नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्धेश्य साथ सनराइज बैंकले डिजिटल बैंकिङ्गअन्तर्गत विमानस्थलका टयाक्सीमा क्यूआर कोडबाट भूक्तानी प्रणालीको सुरुवात गरेको हो ।
नेपाल राष्ट्र बैकको सहजीकरणमा सनराइज बैक मार्फत क्युआर भुक्तानी सहितको बैकिङ प्रणली सुरुवात भएको छ ।
सोमबार नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक सुदिप फुँयाल, सनराइज बैंकका लुम्बिनी प्रदेशका प्रमुख सुनिल मण्डल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रबेश अधिकारी तथा ट्याक्सी ब्यवसायी संघका पदाधिकारीहरुको उपस्थितिमा क्युआर कोड भुक्तानी प्रणलीको शुभारम्भ गर्दै निर्देशक फुयालले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियान शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नु पर्ने बताए । डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदायो प्रणाली सबैलाई फाइदाजनक रहेको छ, अबको केही समयमा यस क्षेत्रका सार्वजनिक यातायातका अन्य साधान, मन्दिरहरुमा पनि सेवा बढाउने उनले बताए ।

कार्यक्रममा सन्राइज बैंकका लुम्बिनी प्रदेशका प्रमुख सुनिल मण्डलले डिजिटल भुक्तानी प्रणालीमा सन्राइजबैंकले सबै क्षेत्रका स–साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु देखि लोकलबसहरु सम्म पनि क्युआर कोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लगिरहेको बताए । त्यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रबेश अधिकारीले अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउनु हुने व्यत्तिहरुले ट्याक्सी सेवादेखि विमानस्थलमा हुनेअ न्य स(साना कारोबारमा समेत डिजिटल बंैकिङ्गले सुरक्षित कारोबार गर्न सक्ने बताए । सनराइज बैंक लिमिटेड भैरहवा शाखाका प्रबन्धक हरिहर सुवेदीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
क्युआर कोडले बैकमा लाइन लगाएर बस्नु पर्ने बाध्यता हट्ने ,एटीएमबाट पैसा झिक्नु पर्ने, पैसा बोक्ने झनझटबाट मुक्त हुनुका साथै सुरक्षित र वातावरण मैत्री छ । यो प्रणलीले नोट उत्पादन र डिस्ट्रक्सनलाई पूर्णमा हटाउने, समयको बचत सँगै कारोबारहरु बैक मार्फत हुने, व्यापारमा सहजीकरण हुने छ । नेपालमा डिजिटल भूतानी प्रणालीलाई सरल, सहज र सर्वसाधारणको पहुंचसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियानको रुपमा शुरु गरेको छ ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक तथा क्युआर कोडको सहजीकरण स्रोत व्यक्ति रमेश कुमार न्यौपाने क्यु आर प्राण्ली डिजीटल नेपाल अन्तर्गत सरकारले सुरु गरेको अभियान हो । भुक्तानी प्रणलीलाई सुरक्षित र सरल बनाउन राष्ट्रबैकले सहजीकरण गरी व्यवस्थापन गरिरहेको छ सुरक्षित, छिटो, पारदर्शी र प्रविधियुक्त रहेकोले नगद करोबारलाई विस्तारै कम गर्दै लैजाने उद्देश्यले तल्लो तहबाट नै सुरुवात गरेका भइरहेको छ । राष्ट्र बैकमै सहजीकरण डेस्क स्थापना गरेर सहजीकरण गरेका छौ, जनताको बढि सहभागिता हुने ठाउको छनोट गरी क्रमश प्रदेशलाई नै नगदरहित प्रदेश बनाउन अभियान चलाइरहेका छौ यसले नगद फोहोर पनि नहुने, कोभिड जस्ता संक्रमण नफैलिने, नगद का।रोबार असुरक्षित हुने हुदा न्युनिकरणका लागि पनि क्युआर प्रणलीमा तिव्रता दिएको छ । डिजीटल लुम्बिनी प्रदेश बनाउन यस प्रदेशमा रहेका बैक तथा बित्तिय सस्ंथा मार्फत कारोबारहरु क्युआर कोड प्रयोगको प्रोत्साहनका कार्यक्रम गर्दै आएका छौ ।