Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बिमानस्थल आर्थिक केन्द्रको रुपमा अगाडी बढेकोः गृहमन्त्री खाँण


  • लुम्बिनी चिन्तन
  • कार्तिक १९, २०७८ शुक्रवार
  • 734
    SHARES

बिमानस्थल आर्थिक केन्द्रको रुपमा अगाडी बढेकोः गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल आर्थिक केन्द्रको रुपमा अगाडी बढेको बताएका छन ।  भैरहवामा निर्माणाधिन बिमानस्थलको अवलोकन गर्दै खाँणले बिमानस्थल निर्माणलाई पहिलो प्राथकिमतामा राखेको बताउदै यो हवाइ उडानका लागि मात्र नभई पर्यटन आगमन र आर्थिक केन्द्रको रुपमा अगाडी बढेको बताए । 

उनले थाई सरकारले अहिले आफ्ना नागरिकलाई बिदेश जान फुकुवा गरेकोले एरो थाईले क्यालिब्रेशन फ्लाईट गर्ने र नगरे भारत सरकार संग जिटुजी माध्यमबाट क्यलिब्रेशन फ्लाईट गर्न प्रक्रिया अघि बढेकोले छिट्टै  क्यालिब्रेशन उडान हुने आश्वसन दिए । 

गृहमन्त्री खांणले विमानस्थलको सुरक्षाप्रति गृह मन्त्रालय र सुरक्षा निकाय गम्भिर रहेको बताउदै  विमानस्थल आउने यात्रुहरुलाई विमानस्थल सुरक्षित छ भनेर अनुभुति दिलाएर फर्काउने कुरामा गम्भिर रहेको बताए । ‘त्रिपाल टांगेर भए पनि विमानस्थलमा सुरक्षा प्रदान गर्छौं, सुरक्षा निकायका लागि आवश्यक भवनको निम्ति स्थान छु्ट्याउनुहोला, तर भवन बिना पनि त्रिपाल टांगेर भए पनि विमानस्थलमा सुरक्षाको व्यवस्था गरिनेछ ।’

उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा ,  सिद्धार्थ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष कुल प्रसाद न्यौपानेले तत्कालको लागी क्यालिब्रेशन फ्लाईट नै आवश्यक रहेकोले सरकारले तदारुकता देखाउन आग्रह गरे । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भन्दा बढि रहेको पनि केही परिक्षण त्यसँग लिन्क भएको काम बाकी रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी गराए । अधिकारीले विमानस्थलकाे प्रगतिबारे जानकारी गराएका थिए ।

१५ जनवरी २०१५ मा सुरु भएको आयोजना एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी अर्थात ६ अर्ब ८२ करोडको ६ अर्व ८२ करोड ४० लाख ८६ हजार ८ सय ८४ रुपैया ३२ पैसाको लगानीमा बन्दैछ । निर्माणधिन आइसिबी १ स्तरको विमानस्थल चिनिया कम्पनि नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । यस्तै आईसिबी–२ अन्र्तगत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागी पनि करिब ५० करोड लगानी छ, आईसिबी–२ अन्तर्गतको काम थाइल्यान्डको एरो थाई कम्पनीले गरिरहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार