Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

चित्रांश कप क्रिकेट प्रतियोगिताको च्याम्पियन चित्रांश सुपर किंग 


  • लुम्बिनी चिन्तन
  • कार्तिक १९, २०७८ शुक्रवार
  • 566
    SHARES

चित्रांश कप क्रिकेट प्रतियोगिताको च्याम्पियन चित्रांश सुपर किंग 

भैरहवा । भैरहवामा भएको चित्रांश कप क्रिकेट प्रतियोगिताको च्याम्पियन चित्रांश सुपर किंग भएको छ । चित्रांश युथ क्लबको आयोजना चित्रगुप्त युवा सेवा समिति भैरहवाको संयोजनमा सिद्धार्थ रंगशालामा भएको प्रतियोगितामा कायस्त नाइट राइडर्सलाई ३६ रनले पराजित गर्दै चित्रांश सुपर किंग च्याम्पियन भएको हो । 

चित्रांश परिवारबीच आपसी भाइचारा स्थापित गर्ने र खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले शुक्रबार ४ वटा टिम बीच प्रतियोगिता भएको थियो । पहिलो खेलमा चित्रांश सुपर किंग र रोयल नाइट्स बीच भएको खेलमा चित्रांश २२ रनले विजयी भई फाइनल खेलेको थियो भने दोस्रो खेल वेभ वारियर्स र कायस्थ नाइट राइडर्स बीच भएकोमा कायस्त ६ विकेटले विजयी भई फाइनल खेलेको थियो । फाइनल खेलमा चित्रांश र कायस्त बीच भएकोमा ९९ रनको लक्ष्य पाएको कायस्तले निर्धारित १२ ओभरमा लक्ष्य पार गर्न नसकेपछि चित्रांश विजयी भएको हो । 

जितका लागि चित्रांशका सुरज कर्णले ३३, सौरभ लाभले ३२ रन जोडेका थिए भने बलिङ तर्फ कायस्तका विकास मल्लीक र कैलाशले ३–३ विकेट लिएका थिए । कायस्त तर्फ पवन कर्णले सार्वधिक २४ रन जोडेपनि खेल जित्न सकेनन । फाइनल खेलको म्यान अफ द म्याच सौरभ लाभ भएको चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश मल्लिकले बताए । 

प्रतियोगिताको एक कार्यक्रमकाबीच कृषि विकास बैंक लुम्बिनी प्रदेशका निर्देशक राजेश कुमार श्रीवास्तवले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि श्रीवास्तवले चित्रगुप्त मन्दिर निर्माणदेखि क्रिकेट प्रतियोगिता आयोजना गरेर चित्रांश परिवारले उदाहरणीय कार्य गरेको बताउदै  क्रिकेट प्रतियोगिता अन्य समयमा पनि आयोजना गर्न आग्रह गरे ।

नेपाल क्रिकेट संघका सचिव तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले क्रिकेट खेलले नेपालको पहिचानलाई विश्वमै स्थापित गर्न मद्दत गरेको बताए । उनले लोकप्रिय खेलको रुपमा अगाडी बढेको क्रिकेट खेलमा सरकारले लगानी गरिरहेको बताए । 

चित्रांश युथ क्लबका अध्यक्ष सौरभ लाभको अध्यक्षता, चित्रगुप्त युवा सेवा समितिका पूर्व सचिव अधिवक्ता दिलिप कुमार मल्लिकको स्वागत तथा चित्रांश युथ क्लबका सदस्य सेजल मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार