Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

भाइचारा स्थापित गर्न चित्रांश परिवार बीच आज क्रिकेट


  • लुम्बिनी चिन्तन
  • कार्तिक १९, २०७८ शुक्रवार
  • 810
    SHARES

भाइचारा स्थापित गर्न चित्रांश परिवार बीच आज क्रिकेट
भैरहवा । चित्रांश युथ क्लबको आयोजना चित्रगुप्त युवा सेवा समिति भैरहवाको संयोजनमा आज शुक्रबार भैरहवामा दोस्रो संस्करणको चित्रांश कप–२०७८ हुने भएको छ । चित्रांश परिवारबीच आपसी भाइचारा स्थापित गर्ने र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा ४ वटा टिमको सहभागिता रहने आयोजकले जानकारी गराएकाे हाे ।
 
चित्रांश युथ क्लबका अध्यक्ष सौरभ लाभका अनुसार नकआउट क्रिकेट टुर्नामेन्टमा ३ वटा खेल हुने बताए । उनले प्रतियोगितामा रोयल नाइट्स, व्रेभ वारियर्स, चित्रांश सुपर किंग्स र कायस्थ नाइट राइडर्सको गरी चार वटा टिमबाट ५२ जना खेलाडीको सहभागिता रहने बताए । जसअन्तर्गत चित्रान्स परिवारबाट नै रोयल नाइट्सको कप्तानमा धिरज मल्लिक, वेभ वारियर्सको कप्तानमा अमित श्रीवास्तव, चित्रांश सुपर किंग्सको कप्तानमा दीपक मल्लिक र कायस्थ नाइट राइडर्सको कप्तानमा मनिष चौधरी रहेका छन् ।
 
गत वर्षदेखि आयाेजना गर्न लागिएकाे क्रिकेट प्रतियोगिता यश वर्ष पनि निरन्तरता दिइएका छाै, रुपन्देही क्रिकेट संघकाे समन्वय, क्रिकेटकाे प्रावधान अनुसार काेभिड मापदण्ड पालन गरि प्रतियाेगिता हुने चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश मल्लिकले बताए ।
 
हामीले परिवारबाट नै ४ वटा टिम निर्माण गरि प्रतियोगिता आयाेजना गरेपनि अगामि दिनमा यसलाई बढाउदै लैजाने, प्रतिभाकाे प्रस्फुटन,    हामी बिच एक अापसमा सम्बन्ध जाेड्ने मात्रै मनाेरञ्जन र मैत्री पुर्ण प्रतिस्पर्धा समेत हुने मल्लिकले बताए । 


लुम्बिनी चिन्तन

थप समाचार