Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

चित्रांश कप क्रिकेट प्रतियोगिता कात्तिक १९ गते हुने


  • लुम्बिनी चिन्तन
  • कार्तिक १७, २०७८ बुधवार
  • 1.0K
    SHARES

चित्रांश कप क्रिकेट प्रतियोगिता कात्तिक १९ गते हुने

भैरहवा । चित्रांश युथ क्लबको आयोजना चित्रगुप्त युवा सेवा समिति भैरहवाको संयोजनमा  कात्तिक १९ गते सोमबार भैरहवामा दोस्रो संस्करणको चित्रांश कप–२०७८ हुने भएको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा बिहान ९ बजेदेखि सुरु हुने प्रतियोगितामा ४ वटा टिमको सहभागिता हुने आयोजकले बुधबार सिद्धार्थनगर–६ स्थित चित्रगुप्त मन्दिरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएकाे हाे ।

पत्रकार सम्मेलनमा बोल्दै चित्रांश युथ क्लबका अध्यक्ष सौरभ लाभले नकआउट क्रिकेट टुर्नामेन्टमा ३ वटा खेल हुने बताए । उनले प्रतियोगितामा रोयल नाइट्स, व्रेभ वारियर्स, चित्रांश सुपर किंग्स र कायस्थ नाइट राइडर्सको गरी चार वटा टिमबाट ५२ जना खेलाडीको सहभागिता रहने बताए । जसअन्तर्गत रोयल नाइट्सको कप्तानमा धिरज मल्लिक, वेभ वारियर्सको कप्तानमा अमित श्रीवास्तव, चित्रांश सुपर किंग्सको कप्तानमा दीपक मल्लिक र कायस्थ नाइट राइडर्सको कप्तानमा मनिष चौधरी रहेका छन् ।

‘चित्रांश परिवारबीच आपसी भाइचारा स्थापित गर्ने र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गत वर्षदेखि क्रिकेट प्रतियोगिताको सुरुवात गरेका छौं, ’लाभले भने । प्रतियोगिता गर्न २ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिए । 

चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश मल्लिकले चित्रांश युथ क्लबले प्रतियोगिता आयोजना गर्नु सराहनीय भएको बताए ।  चित्रगुप्त युवा सेवा समितिका सचिव विवेकानन्द मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०७७ साल असोजमा स्थापना भएको चित्राशं युवा क्लबमा १५ जना सदस्य आबद्ध रहेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार