Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

ग्रामिण क्षेत्रका उद्योगी व्यवसायीलाई समेट्ने देखि भैरहवा मण्डपको जग्गा व्यवस्थापन सम्म उद्योग व्यापार संगठनको वार्षिक कार्ययोजना 


  • कार्तिक १६, २०७८ मंगलवार
  • 1.1K
    SHARES

ग्रामिण क्षेत्रका उद्योगी व्यवसायीलाई समेट्ने देखि भैरहवा मण्डपको जग्गा व्यवस्थापन सम्म उद्योग व्यापार संगठनको वार्षिक कार्ययोजना 

भैरहवा ।  उद्योग व्यापार संगठनले ग्रामिण क्षेत्रलाई समेट्दै आफ्नो वर्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।  संगठनले मंगलबार पत्रकार सम्मेलन गर्दै २९ बुद्धे वार्षिक कार्ययोजनाबारे जानकारी गराएको हो । विगतको कार्ययोजनाको समिक्षा गर्दै नयाँ नयाँ कार्ययोजना सहितको कार्यक्रम संगठनले वर्षिक योजनामा राखेको संगठन तथा प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । 

हामीले विगतको भन्दा नयाँ कार्यक्रम सहित कार्ययोजना बनाएका छौ जस्को कार्यान्वयनका लागि १८ सदस्यीय उपसमिति गठन गरी संयोजक तोकीएको अध्यक्ष ज्ञवालीले बताए । 

हामीले अधिकांस ग्रामिण क्षेत्रका उद्योगी व्यवसायीलाई समेट्ने गरी सम्पर्क कार्यालय स्थापना गर्दै समस्या पहिल्याएर समाधान गर्ने, रुपन्देहीको ग्रामिण क्षेत्र रोहिणी, ओमसतिया, मायादेवी, सुद्धोधन, सियारी, तिलोत्तमा, मर्चवारी, सम्मरीमाई र कोटहीमाइ लगायतका पालिकामा संगठनको क्षेत्र विस्तार गरी उपसमिति चयन गर्ने, उद्योग, व्यापार, कृर्षि, पर्यटन, महिला उद्यमी, शिक्षा, स्वास्थ्य, बजार लगायतको प्रवद्र्धन गर्ने कार्ययोजना रहेको संगठनले जानकारी दिएको छ । 

त्यस्तै यस वर्ष यूवा तथा खेलकुदको प्रवद्र्धन गर्न तथा युवा उद्यमीलाई समेट्न प्रदेश स्तरीय खेलकुदको कार्यृक्रम गर्ने, सदस्यहरुको उद्योग व्यवसायको आन्तरिक अनुगमन गरी भएका कमिकमजोरी पहिल्याई सुधार गराउने, नेपाल भारतको व्यापारमा सिमा क्षेत्रमा भएको समस्या समाधान गर्दै उद्योगी व्यवसायीलाई सहजीकरण गर्ने लगायतका विगत भन्दा फरक कार्यक्रम ल्याइएको महासचिव सचिन रोक्काले बताए । 

अध्यक्ष ज्ञवालीले कोभिड महामारीको कारण विगतका कार्ययोजना छोटो समयमा ५० प्रतिशत भन्दा बढि कार्यान्वयन भएपनि ती कार्ययोजना सहितको नयाँ कार्यक्रम यस वर्ष समेटेकोले यस वर्ष भवितव्य नआएमा अधिकत्म कार्यान्वयन हुने उल्लेख गरे । 

संगठनका प्रवक्ता लक्ष्मण भण्डारीले भैरहवा मण्डपका लागि जग्गा पहिचान गरी नेपाल सरकारसँग पहल गर्ने, सदस्यहरुको आकस्मिक दुर्घटना चोरी, आगालागी भएमा प्रतिवेदन पेश गरी तत्काल राहत उपलब्ध गराउने, नेपाल सरकारको बजेटमा राजश्वका दर, भन्सार दर, आर्थिक वृद्धि, निजी क्षेत्रका समस्या, सल्लाह सुझाव पेश गर्ने हाम्रो वर्षिक कार्ययोजनामा रहेको बताए । 

संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले हाम्रो ९९ प्रतिशत काम सक्ने गरी वर्षिक योजना बनाएका छौ, यस्तै यस वर्ष महोत्सव गर्नका लागि ४२ सदस्यीय मेला मुल समिति गठन गरिएको बताए । उपाध्यक्ष रेग्मीले छैठौ महोत्सवका लागि निजी क्षेत्रबाट जग्गा उपलब्ध गराउने प्रतिबद्धता आएको छ, स्थानीय प्रशासनको स्वीकृतीमा अवस्था सामान्य रहे महोत्सव आयोजना हुने बताए । 

उद्योग व्यपार संगठन रुपन्देहीको उद्योगी व्यवसायीको साझा संस्था हो । २०६३ सालमा स्थापित संगठनमा ५ हजार बढि सदस्यहरु आवद्ध रहेका छन । जिल्ला शाखामा ३ हजार २ सय र शाखा तथा सम्पर्क कार्यालयहरुमा बाकी सदस्यहरु आबद्ध रहेका छन । संगठनको १४ वार्षिक साधारणसभाबाट निर्वाचित नयां कार्यासमितिले कार्तिकको १२ देखि १४ सम्म बर्दियाको ठाकुरद्धारमा कार्यशाला गोष्ठी सम्पन्न गर्दै वर्षभरी गरिने कामको कार्ययोजना तयार गरेको थियो । संगठनले यस वर्षदेखि आफ्नै अत्याधुनिक भवनमा कार्यालय संचालन गरिरहेको छ । संगठनले २ वर्षका लागि हालै मात्रै नयाँ समिति गठन गरेको छ । 

संगठनका अध्यक्ष अनिल कुमार ज्ञवलीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको स्वागत, महासचिव सचिन रोक्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


थप समाचार