भैरहवा । भैरहवावासीको मागलाई मध्यनजर गर्दै भैरहवाको बैकरोडमा एस एम कलेक्शन खुलेको छ । लामो समय वित्तिय क्षेत्रमा कार्यरत यूवा सागर पोखरेलले नयाँ कामबाट नगरवासीलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ व्यवसायको थालनी गरेका हुन ।
विगत १८ वर्ष देखि अनवरत रुपमा सहकारी सेवामा लागेका पोखरेलले वित्तिय क्षेत्र सहित व्यवसाय क्षेत्रबाट पनि सेवा प्रदान गर्ने बताए । उनले भैरहवाको मुटु मुख्य व्यापारिक केन्द्र सिद्धार्थनगर ५ बैक रोडमा एस एम कलेक्शन एण्ड फेन्सी स्टोर्सबाट बच्चाका कपडा, अन्डर गारमेन्ट, जुत्ता लगायतका पहिरन सामाग्री विक्री वितरण गर्ने बताए ।

करिब ३० लाखको लागतमा उक्त फेन्सी पसल संचालनमा ल्याएको संचालक पोखरेलले बताए । उनले ग्राहकको माग सँगै बालबालिका, युवा युवतीको रोजाइका सम्पूर्ण फेन्सीका थप सामाग्री सहितको सेवा विस्तार गर्दै लैजाने बताए ।
पसलको औपचारिक उद्घाटन गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले नयाँ क्षेत्रमा हात हालेकोमा व्यवसायिक सफतलताको शुभकामना दिए । उनले चुनौतीको वावजुद पनि पसल संचालन गरेकोमा बधाई दिदै ग्राहकलाई गुणस्तरीय बस्तु उपलब्ध गराई सन्तुष्ट पार्न आग्रह गरे ।
विशिष्ट अतिथी जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष गोपाल ज्ञवाली, उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्य लगायतले बोल्दै संस्थागत रुपमा र व्यक्तिगत रुपमा सदैव साथ रहने बताए ।

पसलका संचालक मनिषा पाण्डे पोखरेलले गरिरहेको सहकारी सेवालाई निरन्तरता दिदै यो व्यवसायिक प्रतिष्ठानबाट सहुलियत मुल्यमा सामान विक्री गर्ने बताइन । अहिलेको मागलाई मध्यनजर गर्दै हामीले नयाँ नयाँ डिजाइनका कपडा, जुत्ता विक्री वितरण गर्ने बताइन ।