Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

७ लाख बढीको अवैध काठ ट्याक्टरसहित बरामद


  • लुम्बिनी चिन्तन
  • कार्तिक १५, २०७८ सोमवार
  • 864
    SHARES

७ लाख बढीको अवैध काठ  ट्याक्टरसहित बरामद

बुटवल । रुपन्देहीमा ट्याक्टरसहित ७ लाख ५० हजार बराबरको अवैध काठ बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति आईतबार बिहान रोहिणी गाउँपालिका ४ पकडीहवा स्थित लु २ त ४६११ नम्बरको ट्याक्टरमा लोड गरी राखेको अबैध सगुन र बकाईनो ७ लाख ५० हजार ट्याक्टर सहित बराबरको ५२ गोलिया काठ फेला पारी बरामद गरेको हो ।

उक्त ट्याक्टरसहित काठ बरामद गरि आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार