Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थनगर सिटी हस्पिटलमा सफल कपाल प्रत्यारोपण


  • लुम्बिनी चिन्तन
  • कार्तिक १३, २०७८ शनिवार
  • 1.7K
    SHARES

सिद्धार्थनगर सिटी हस्पिटलमा सफल कपाल प्रत्यारोपण

भैरहवा । उच्चस्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्य लिएर अत्याधुनिक भवनमा स्थानान्तरण भएको सिद्धार्थनगर सिटी हस्पिटलले कपाल प्रत्यारोपणका विभिन्न सेसनहरु संचालन गरेको छ ।

अस्पतालले डा. चन्द्रमोहन शाहको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीद्धारा विरामीको आवश्यकता र स्वास्थ्यलाई ध्यानमा राखेर कपाल प्रत्यारोपण गरिरहेको अस्पताल स्रोतले जनाएको छ । जस अन्तरगर्त कपाल प्रत्यारोपणको तेस्रो सेसनको पांचौ केस अत्याधुनिक प्रविधि मार्फत प्रत्यारोपण गरिएको हो ।

आफ्ना सेवाहरुलाई विस्तार गरी सिटी हस्पिटलले यस क्षेत्रमै पहिलो पटक कपाल प्रत्यारोपण सेवा, अत्याधुनिक मोडुलर आटी, आईसीयु,एनआईसियु सेवा तथा चौविसै घण्टा सेवा उपलब्ध गराउंदै आएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिनुभयो ।  

यस्तै अस्पतालले बालरोग, महिला रोग,हाडजोर्नी, मृगौला सम्बन्धी रोग, छाला सम्बन्धी रोग तथा पत्थरी,हाईडो«सिल, हर्नैया लगायत सम्पुर्ण समस्याको विशेषज्ञ चिकित्सकद्धारा उपचार दिईरहेको उहांले बताउनु भयो । यस्तै अस्पतालले डाईलासिस, फिजियोथेरापी सेवा समेत दिदै आईरहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार