Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

व्यापार संगठनकाे वार्षिक कार्ययोजना बैठक बर्दियामा सुरु


  • लुम्बिनी चिन्तन
  • कार्तिक १३, २०७८ शनिवार
  • 498
    SHARES

व्यापार संगठनकाे वार्षिक कार्ययोजना बैठक बर्दियामा सुरु

भैरहवा । उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श रुपन्देही) को वार्षिक कार्ययोजना बैठक शनिबार बर्दियामा सुरु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारास्थित बर्दिया गैंडा क्याम्पमा सुरु भएको बैठकले वार्षिक कार्ययोजना तय गर्ने संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

बैठकमा संगठनका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, परामर्श समिति सदस्य लगायतको उपस्थिति रहेको संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले बताए ।

बैठकमा स्वागत मन्तव्य राख्दै संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले विभिन्न आरोह–अवरोहका बीच संस्थामा यहाँसम्म आइपुगेको बताए । उनले वार्षिक कार्ययोजना बैठकले तय गरेका कार्यक्रमहरु सफल पार्न संगठनको सम्पूर्ण टिम लाग्नुपर्ने बताए । ‘संस्थाको गरिमा बढेको छ, सबै मिलेर संस्थालाई थप अगाडी बढाउनुपर्छ, ’भण्डारीले भने ।

बैठकमा संगठनको निर्वाचित कार्यसमितिको प्रथम बैठकको निर्णयबाट कार्यसमिति तथा सल्लाहकारहरुलाई प्रमाणपत्र वितरण गरिएको महासचिव सचिन रोक्काले बताए । त्यस्तै बैठकमा संगठनका कोषाध्यक्ष राम मिलन यादवले आर्थिक वर्ष २०७८÷७९ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार