Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

फेसबुकको नयाँ नाम ‘मेटा’


  • लुम्बिनी चिन्तन
  • कार्तिक १२, २०७८ शुक्रवार
  • 1.3K
    SHARES

फेसबुकको नयाँ नाम ‘मेटा’

सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ । फेसबुकले नयाँ नामले नयाँ नयाँ कामको विषयमा जानकारी गराउने बताएको छ । साथै, फेसबुले सामाजिक सञ्चार माध्यमको क्षेत्रमा भर्चुअल रियालटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउन लागेको छ । फेसबुकले केही समयअगाडि मात्रै ‘मेटावर्स’ को विकासका लागि युरोपमा १० हजार मानिसहरुलाई नियुक्त गर्ने जानकारी गराएको थियो  । 

मेटावर्स भर्चुअल रियालिटी ९भिआर० को परिमार्जित स्वरुप हो । तर कतिपयले यसलाई इन्टरनेटको भविष्य समेत भएको बताएका छन् । मेटावर्समा सबै प्रकारका डिजिटल वातावरण जोड्ने ‘भर्चअल वल्र्ड’ मा जोडिनका लागि कम्प्युटरको सट्टामा केवल हेडसेटको प्रयोग गर्न सकिन्छ । 

भिआरको उपयोग धेरैजसो खेलमा हुन्छ । तर, यो भर्चअल वल्र्डको उपयोग व्यवहारिक रुपमा काम, खेल, संगीत कार्यक्रम, फिल्म वा बाहिर घुम्नका लागि पनि प्रयोग गर्न सकिन्छ । ​फेसबुले मेटावर्सलाई प्राथमिकताको पहिलो नम्बरमा राखेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार