बुटवल । तिलोत्तमा तेक्वान्दो डोजाङको आयोजनामाप्रथमतिलोत्तमाजिल्ला स्तरिय खुल्ला तेक्वान्दोप्रतियोगिता २०७८ हुने भएको छ। कार्यक्रममा नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्यकोसिस बहादुर खड्का, नेपाल तेक्वान्दो संघ जिल्लाअध्यक्षदिपेन्द्र बुढाप्रित, सदस्य राम प्रसादकहार, सिमानगर ब्यवस्थापन समितिकाअध्यक्षतथा खेल संयोजकओम बहादुर गुरुङले खेलाडीको टिसर्ट समेत लन्च गरेका छन।
प्रतियोगिताको आवश्यकतयारी तिब्र रुपमा भैरहेकोआयोजक डोजाङकाअध्यक्ष विष्णु कुमार चौधरीले बताए।प्रतियोगितामा पुरुषतर्फ पुम्पे विधामा १५, १८, २१, २३, २५, २८, ३२, ३६, ४०, ४५, ५४, ५८, ६२ केजीतथामहिलातर्फ १६, २४, २७, ३०, ३४, ३७, ४०, ४८ केजीगरि १३ वटा पुरुष र ९ वटा महिलातौल समुहमा खेल हुनेछन। यसैगरि स्पाईरिङ खेल समेत हुने उनले बताए।
प्रतियोगिताको विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा १८ वटा डोजाङका २ सय ५० खेलाडीहरु भागलिने छन। प्रतियोगिताआयोजनाकालागि वडा कार्यालयबाट ४० हजार रुपैया, सिमानगर टोल बिकास समितिबाट २५ हजार रुपैया सहयोग भएको सिमानगर ब्यवस्थापन समितिकाअध्यक्षतथा खेल संयोजकओम बहादुर गुरुङले बताए। प्रतियोगिताआयोजनागर्न करीब २ लाख बढि खर्च हुने आयोजकको अनुमान छ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्यकोसिस बहादुर खड्काले कोभिड १९ प्रभावसंगै खेल गतिविधिकमहुदा खेलाडीहरुलाई निरासा छाएको बेलाआयोजनागरिने प्रतियोगिताबाट धेरै फाईदा मिल्ने बताए।