Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

चीनबाट आइपुग्यो थप १० लाख डोज कोरोना खोप


  • लुम्बिनी चिन्तन
  • कार्तिक १०, २०७८ बुधवार
  • 520
    SHARES

चीनबाट आइपुग्यो थप १० लाख डोज कोरोना खोप

काठमाडौँ । चीनबाट थप १० लाख २० हजार डोज कोभिड(१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। चाइना साउदर्न विमानको कार्गो फ्लाइटमार्फत बुधबार बिहान परिमाणको खोप काठमाडौँ आइपुगेको हो ।

सरकारले कोभ्याक्ससँगको ‘कस्ट सेयरिङ’योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज भेरोसेल मध्येबाट पहिलो चरणमा १० लाख २० हजार डोज खोप आइपुगेको हो। हाल उक्त खोप टेकुस्थित भण्डारणमा राखिएको छ। 

यसअघि सरकारले चीनबाट अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप ल्याइसकेको  छ ।


लुम्बिनी चिन्तन

थप समाचार