भैरहवा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । विजया दशमी, दिपावली, मोहम्मद जयन्ती, छठ पर्व, नेपाल सम्वत् लगायतका चाडपर्वको अवसरमा भैरहवास्थित पार्टीको कार्यालयमा कार्यक्रम गरिएको कांग्रेस रुपन्देहीले जनाएको छ ।
कार्यक्रममा बोल्दै कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले पार्टीका संस्थापक विपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि सुरु गरिएको चियापान कार्यक्रमलाई कांग्रेसले यस वर्ष पनि निरन्तरता दिएको बताए ।
पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्रीसमेत रहेका नेता रज्जाकले काँग्रेस सधै सहमति, सहकार्यबाट अघि बढ्ने बताउँदै पार्टीभित्र पनि एकजुट भएर काम गर्नु पर्ने बताए ।
कार्यक्रममा कांग्रेस रुपन्देहीका उपसभापति फणिन्द्र शर्मा, सचिव रामकृष्ण खांण लगायतले बोलेका थिए ।